Rato Samachar
Wed, 24 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय समाचार

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा महिला माथि बल प्रयोगको निन्दा

अफगानिस्तानमा मानव अधिकारको अनुगमन बारे संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिलाहरूको विरोधलाई दबाउन “अत्यधिक बल प्रयोग” गरिएका घटनाको निन्दा गरेका छन् । उनले यसलाई महिलाहरूको अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताएका छन्। तालिवानका यस्ता महिला विरोधी कार्यको सार्वजनिक रूपमा निन्दा गर्दै उनले गोली चलाएर शान्तिपूर्ण विरोधलाई दमन गरिएका यस्ता कार्यको निन्दा गरेका छन् । बेनेटले ट्वीटरमा लेखेका छन् “काबुलमा महिलाहरूको “शान्तिपूर्ण” प्रदर्शन विरुद्ध बल प्रयोग र दुर्व्यवहार उनीहरूको भेला हुने अधिकार र स्वतन्त्रताको अधिकारको हनन हो।” खामा प्रेसका अनुसार काबुलमा “खाना, काम र स्वतन्त्रता” भन्ने नारा सहित भेला भएका महिला जुलुसलाई दमन गर्ने क्रममा तालिबानले केही पत्रकारहरूलाई गिरफ्तार गरेको र महिलाहरू माथि दमन गरेको बताइएको छ। यसअघि पनि संयुक्त राष्ट्रसंघका विज्ञहरूले चेतावनी दिदै यदि हालको अवस्थामा सुधार नगरिए अफगानिस्तानको भविष्य “अन्धकार” रहने बताएको छ। तालिबानले सन् २०२१ अगस्टमा सत्ता कब्जामा लिएपछि महिला र बालिकाहरूको शिक्षा, काम र स्वतन्त्र आवतजावतको अधिकार उल्लङ्घन गरेको छ र घरेलु हिंसाबाट भाग्नेहरूको सुरक्षा र समर्थनको प्रणालीलाई ध्वस्त पारेको छ। तालिबानले यस्तो भेदभावपूर्ण नियमहरूको सामान्य उल्लङ्घनमा समेत महिला र केटीहरूलाई हिरासतमा राखेको छ । यो सँगै अफगानिस्तानमा पछिल्लो समय बालविवाह र जबरजस्ती विवाहको दरमा वृद्धि भएको छ। विभिन्न अधिकारवादी समूहहरूले तालिबानलाई यस्ता नीतिहरू परिवर्तन गर्न आह्वान गरिरहेका छन् । अफगानिस्तानमा पछिल्ला दिनमा महिला विरोधी कदमको व्यापक विरोध भएका छन् तर तालिबानले प्रदर्शनकारीहरू माथि उत्पीडन, दुर्व्यवहार, स्वेच्छाचारी गिरफ्तारी र नजरबन्द गर्दै शारीरिक यातना दिदै बेपत्ता पारेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology