२०८१ साल असोजमा कुलेखानी–सिस्नेरी क्षेत्रमा गएको पहिरोमा परी दिवंगत भएका खेलाडी साइमन योन्जनको सम्झनामा मकवानपुरको गढी गाउँपालिकामा दोस्रो “स्व। साइमन योन्जन स्मृति अन्डर–२० फुटसल प्रतियोगिता २०८३” आयोजना हुँदै छ।

२० वर्ष भन्दा कमका खेलाडीहरूले सहभागिता जनाउन पाउने गरि मकवानपुरको गढी गाउँपालिकामा प्रतियोगिता आयोजना गरिएको हो।

खेलकुद विकास समिति मकवानपुरगढीका सदस्य तथा प्रतियोगिताका कार्यक्रम संयोजक विक्रम योन्जनले दिएका जानकारी अनुसार २७, २८ र २९ गते हुने भनिएको छ। जसमा गढी गाउँपालिकाभित्रका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।

मकवानपुरगढी गाउँपालिकाले पाँच लाख रुपैयाँ प्रायोजन गर्ने निर्णय गरेको सो प्रतियोगितामा विजयी हुने टोलीलाई नगद एक लाख र उपविजेता हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी गराइएको छ भने विधागत तर्फ विभिन्न पुरस्कारसमेत प्रदान गरिने छ । पहिलेको वर्ष जस्तै यस वर्ष पनि दिवंगत खेलाडी योन्जनका अभिभावकलाई सम्मान गरिने छ।