कुकुर तिहारको अवसरमा सेवा सहयोग र आवाजमा हामीका संस्थापक अध्यक्ष विशाल राज महतले हेटौडा भित्रका सडकहमा रेहेका कुकुरलाई खाना खुवाउने अभियान चलाएका छन् ।

महतको अनुसार कुकुर तथा अन्य जिवप्रतिको प्रेम र सम्मान कुनै एक विशेष दिनमा देखाउनको लागि मात्र सीमित नभइ हरेक दिन हाम्रो व्यवहार र जीवनशैलीमा झल्किनुपर्छ। महतले कुकुरलाई मानव जीवन सुरक्षा र समाजको हितमा महत्वपूर्ण योगदान पुर्‍याउने एक विश्वसनीय प्राणीका रूपमा उल्लेख गर्दै घरपरिवारको सुरक्षा दिने देखि अपराध अनुसन्धान, खोज तथा उद्धार र सुरक्षासम्बन्धी कार्यमा कुकुरको भूमिका उल्लेखनीय रहेको बताए।

मानव सुरक्षामा समेत महत्वपूर्ण सहयोग पुर्‍याउने कुकुरप्रति सबैले सद्भाव र सम्मान राख्नुपर्नेमा जोड दिँदै उनले कुकुरप्रति माया गर्न नसक्ने वा डराउने व्यक्तिहरूलाई समेत कुनै किसिमको दुर्व्यवहार नगर्न आग्रह गरे।

महतले चलाएको अभियानमा हेटौडाका रेसम घोरासैनी, उदिप कडेल, राजेश वाग्ले, रोशन दिप, नविन राउत लगाएत सेवाका भाव बोकेका युवाहरु समेत सहभागी भएका हुन् भने राधा कृष्ण क्याटरिङका सञ्चालक रेसम घोरासैनी भोजन व्यवस्था गरेर अभियानका लागि विशेष सहयोग गरेका हुन्।