मकवानपुर । मकवानपुरको त्रिभुवनराजपथको सडक खण्ड अन्तरगर्त पर्ने भीमफेदी –९, स्थित अघोर बजार नजिक सडक भासिएपछि यातायात आवत–जावतमा कठिनाइ भएको थियो ।।
आज सोमबार बिहान करिब ९ः४० बजेको समयमा सडकको तलपट्टिबाट भाग भासिन गई आवतजावतमा समस्या भएको हो। उक्त घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङका प्रहरी प्रमुख गोविन्दप्रसाद भण्डारीको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेका थिए ।
प्रहरी टोलीले सडक डिभिजनसँगको समन्वयमा ट्र्याक निर्माण गरेर यातायात आवातजावातमा सहज बनाउने पहल गरिरहेको प्रहरीले जनाएको छ। सडक थप भासिन सक्ने मध्यनजर गर्दै यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गर्दै हाल उक्त सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन भइरहेको छ।