हेटौँडा उपमहानगरपालिका–४, ५, १० र ११ मा केही दिनअघि फैलिएको डेङ्गु रोग नियन्त्रण गर्न प्रत्येक घरदैलोमा विभिन्न उपायको अवलम्बन गरिने भएको छ । आज ६५ डेङ्गु बिरामी फेला परेको उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । डेङ्गु रोगबाट प्रभावित भई गम्भीर प्रकृतिका बिरामीको काठमाडौँको शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा उपचार गराइरहेको महाशाखाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले जानकारी दिनुभएको छ । वडा नम्वर ३, १२, १४, १५ र १७ मा पनि डेङ्गुका बिरामी फेला परेको र ती बिरामीलाई अहिले चिकित्सकले परीक्षण गरी चितवनको भरतपुर अस्पताल र हेटौँडा अस्पतालमा भर्ना गरी उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । उपमहानगरपालिकाको विभिन्न वडामा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर र उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले स्वास्थ्यकर्मी परिचालन गरी रगतको नमूना सङ्कलन गर्ने र प्रत्येक वडाको टोलटोल पुगेर डेङ्गु रोगका बारेमा जानकारी दिने बताउनुभयो । रासस























प्रतिक्रिया दिनुहोस्