हेटौंडा – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मकवानपुर प्रतिनिधि सभा क्षेत्र – १ बाट हेटौंडा–९ की जेन्जी उमेर समुहकी १८वर्षीया अभिप्सा पौडेल निर्वाचित भएकी छन्।
यसअघि कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएसंगै १८ वर्षकै उमेरमा पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर जिम्मेवारी प्राप्त गरेकी हुन् ।
हेटौंडा उपमहानगरकी पौडेल महाधिवेशन प्रतिनिधि देशकै कान्छी भएको जानकारी गराइएको छ ।
महाधिवेशन प्रतिनिधि १८ वर्षको उमेरमा बन्नु राजनीतिक यात्रामा जेन्जी समुहका लागि पुस्तान्तरणको उदाहरण भएको कांग्रेसमा आवद्धहरुले बताएका छन् ।
पौडेल भन्छिन् “नेपाली कांग्रेसको राजनीति र सिद्धान्तमा आफ्नो जीवन समर्पित गर्नुभएकाहरूको त्याग, संघर्ष र राजनीतिक संस्कारबाट हुर्किएकी म, आज १८ वर्षको उमेरमा  प्रतिनिधि बन्ने अवसर पाएँ । यो व्यक्तिगत जित होइन । एक पुस्ताले अर्को पुस्तालाई दिएको जिम्मेवारी हो । जिम्मेवारी हस्तान्तरणको सुरुवात हो ।”