हेटौंडा उपमहानगरपालिका वडा-६,स्थित चौघडामा अचानो मिट सप खुलेको छ । ग्राहक वर्गको सुविधालाई मध्यनजर गर्दै अचानो मिट सप बुधबारबाट सञ्चालनमा ल्याएको हो ।
करिब २ लाख रुपैयाँको लगानी गरेर महेन्द्र श्रेष्ठले सुपथ मुल्यमा ग्रहक वर्गम स्वच्छ र ताजा मासु विक्री गर्ने गरी सञ्चालनमा ल्याएर बुधबार औपचरिक रुपम उद्धाटन गरिएको छ । अन्य पसलहरुभन्दा सुपथ मुल्यमा खासी, लोकल, लोटन र बोइलर कुखुराको मासु पाइने बताइएको छ ।
विवाह, पार्टी, भोज लगायत कार्यक्रमका लागि होलसेल मुल्यमा डेलिभरी सुविधा सहित रहेको पसलका सञ्चालक श्रेष्ठले बताए । हालै पसल खुलेकोले लोकल र लोटनमा प्रतिकेजी २० प्रतिशतले छुट दिइएको र खशीको मासु बोसो रहित विक्री गरिरहेको उनले बताए । मानिहरुको स्वास्थ्यको मध्य नजर गरेर कुखुरा र खशी काट्ने एक दिन पहिला फाइस्टिङ्ग गरेर कटिङ्ग गर्ने गरेको छ । थप जानकारीका लागि ९८६११२८५७७, ९८०७२९६६१३ दिइएको नम्बरमा कल गर्न सक्नु हुन्छ ।

























प्रतिक्रिया दिनुहोस्