बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु आफ्ना योजना सुनाउदै आफूनै योग्य भएको र आफुहरुले नै जनताको कामगर्ने दावी गरिरहेका छन्।

नजिकीदै आइरहेको निर्वाचनलाई मध्यनर गर्दै उम्मेदवारहरु घरदैलो अभियानमा उम्मेदवारहरु मतदाताको घरघरमा पुगिरहेका छन् ।

यसैक्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाकालागि गठबन्धनबाट नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका सविन न्यौपाने पनि आफुले गर्ने कार्ययोजना सहित मतदाताको घरघरमा पुग्नमा व्यस्त रहेका हुन् ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसले जितेको बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ मा पुनः जिम्मेवारी बोकेर ्न्यौपाने मैदानमा उत्रिएका छन् ।

अध्यक्ष केपी ओली नेतृत्वको एमालेलाई हराउने भन्दैे गठबन्धनबाट उम्मेदवार बनेका न्यौपाने सहित टोलीनै घरघरमा पुगेर प्रतिवद्धता जनाएका हुन् ।
विगतमा वडाध्य हाकेका न्यौपानेले १ नम्बर वडामा धेरै काम गरेको र अबका दिनमा बाँकी रहेका कामहरु सम्पन्न गर्नकालागि उम्मेदवारी दिएको र वडाबासीको सल्लाहा सुझाव अनुसार कार्यहरु गरिने बताए ।

विजयी भएमा वडा र वडाबासीको हरेक समस्या समाधानमा काम गर्ने बताए ।  कोभिडको समयमा अस्पतालमा अक्सिजनको कमी हुँदा सम्बन्धितसंग समन्वय गरेर समस्या समाधान गर्न देखि वडाको घरघरमा पुगेर नेतृत्वको दयित्व पुरा गरेको उल्लेख गर्दै विगतमा आफुले गरेको कामले पनि वडाबासीले पुनः काम गर्ने मौका दिनेमा ढुक्क रहेको बताएका छन् ।

कांग्रेसको १४ औँ महाधिबेशन अनतर्गत हेटौंडा उपमहानगरपालिकाको अधिवेशनबाट नगर सचिव बनेका न्यौपाने “भन्छन् राजनीतिक यात्रामा सक्रियता कायमै छ ।   विगतलाई हेनेैहो भने मैले  पत्रकारीताबाट समाज सेवा र बिकासका कुरा गरेको व्यक्ती हुँ । सेवाकै लागि राजनितीमा लागेँ । २०७४ मा मलाई वडाध्यक्ष बनाउनु भयो । मैले व्यक्तीगत स्वार्थ त्यागेर जातकै काम गरेको छु । १ नम्बर वडालामा मैले गरेको काम प्रतक्ष देखिन्छ । काम गर्दा गर्दै अधुरो रहेका काम तत्काल पुरा गरि जनताले भनेजस्तै काम गर्छु । मलाई जनताले काम गर्ने मौका दिनुहुन्छ यसमा दुइमतनै छैन ।”

यताभने १ नम्बरमै वडाध्यको दाउमार्न वडा नेकपा एमालेबाट उत्तम प्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी सुजन शाही, र स्वतन्त्र यम्मेदवार नन्दरत्न स्थापित चुनावी मैदानमा छन् ।