हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने भएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित ६३ सदस्यको समर्थनमा बिहीबार प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका किरण थापा मगरले भदौ ७ गते आइतबार विश्वासको मत लिने भएका हुन् ।

प्रदेश सभा निमावली, २०७४ को नियम ६ नेपालको संविधानको धारा १६८ को उपधारा तथा प्रदेश सभा सदस्य निमावली १४३ बमोजिम विश्वासको मतको लागि प्रस्ताव पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

गत वर्षको साउन २० गते एमाले र काँग्रेसका ६४ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँलाई दिइएको सर्मथन फिर्ता लिएपछि उनले पदबाट राजीनामा दिएका हुन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर–८ को वडाध्यक्ष, प्रदेश सांसद, स्वास्थ्यमन्त्री हुँदै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई बिहीबार प्रदेश प्रमुखले सपथ ग्रहण गराएपछि मुख्यमन्त्री कार्यालयमा स्वागत पनि गरिएको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी