हेटौंडा । हेटौंडा–५,स्थित सानो पोखराका सामाजिक अभियान्ता विशालराज महतलाई दोस्रो आरोही व्यक्तित्व सम्मान–२०८३ बाट सम्मान गरिएको छ । भ्रष्टाचारविरुद्धको अभियान, नागरिकका सवालमा खबरदारी तथा असहाय र पीडितका पक्षमा पुर्‍याएको योगदानको कदर गर्दै सेवा सहयोग र आवाजमा हामी संस्थाका अध्यक्ष विशालराज महतलाई शुक्रबार एक समारोहकाबीच सम्मान गरिएको हो । आरोही बिट्सले प्रदान गरेको सम्मानपत्रमा महतलाई ८८‘निडर अभियन्ता तथा वरिष्ठ समाजसेवी’ रूपमा उल्लेख गर्दै अन्याय र भ्रष्टाचारविरुद्धको अभियान, नागरिकका सवालमा खबरदारी तथा असहाय र पीडितका पक्षमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सम्मान गरेको थियो ।

महत लामो समयदेखि आम नागरिकका समस्या बोकेर सम्बन्धित निकायको ढोका ढकढक्याउँदै आएका सामाजिक अभियन्ताका रूपमा परिचित छन । हेटौंडा अस्पतालसँग सम्बन्धित सार्वजनिक सरोकारको विषयमा आम नागरिकको पक्षमा आवाज उठाउने क्रममा उनले हिरासतसमेत बसेका थिए । उनले वर्षौँदेखि भुइँमान्छेका समस्या बोकेर हिँडेको सामाजिक यात्राको सार्वजनिक सम्मानका रूपमा यसलाई लिएका छन् । व्यक्तिगत लाभभन्दा नागरिकका सवाललाई प्राथमिकता दिँदै आएका महतले प्राप्त गरेको यो सम्मानले उनको अभियानलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी