बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानरपालिका वडानम्बर७मा मंगलबार देखि सूरु भएको टोलस्तरीय फुटबल प्रतियोगितामा आयोजक समुहको भिआइपी टोल पराजित भएको छ ।
२७ औं संस्करण अन्तरगर्त उद्धघाटन खेलमा साविक विजेता रहेको आयोजक समुह नवज्योति टोलको भीआइपी फुटबल टिम र अग्राठे फुटबल टिम बिच भएको खेलमा २ – ० गोल अन्तरले आयोजक समुह बाहिरिएको हो ।
हेटौंडा–७ स्थित नवज्योति माविको खेलमैदानमा आयोजित पहिलो खेलमै आयोजकलाई पराजित गर्दै अग्राठेअघिल्लो भिडन्तका लागि प्रवेश गरेको हो।
त्यस्तैगरी खेलमा अग्राठेका खेलाडी सुजन तितुङ्ग म्यान अफ द म्याच बन्न सफल भए ।
आयोजकले दिएको जानकारी अनुसार ७ समुहको सहभागिता रहेको खेलमा विजेता समुहले ४० केजीको खसी, शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।
त्यस्तैगरी उपबिजेता समुहले ३० केजीको खसी,शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।
खेलका लागि भिआइपी फुटबल टिम, अग्राठे फुटबल टिम, न्युरेनी फुटबल टिम, धाप फुटबल टिम, शान्ति टोल फुटबल टिम, हरियाली फुटबल टिम र आर्दश फुटबल टिमहरु खेल्ने भएका हुन् ।
खेलमा विधागत पुरस्कारहरुको पनि व्यवस्था गरिएको छ ।
बुधाबार को खेल दिउसो १ बजे शान्ति फुटबल क्लब र धाप फुटबल क्लब विच हुने छ ।
दोस्रो ३ बजे हरियाली र आर्दश बिच हुने छ ।
खेलमा म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी, अधिक गोल गर्ने, अनुशासित खेलाडीहरुको लागि समेत पुरस्कार प्रदान गरिने छ ।
नवज्योति टोल विकास संस्था अध्यक्ष एवम् प्रतियोगिताका संयोजक सुशील सुवेदीको सभाध्यक्षता हेटौडा उपमहानगर ७ नं.वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा सुरु गरिएको खेल कात्तिक ३ गते समापन हुने छ।
उद्धघाटन खेल कार्यक्रममा जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चन, सदस्य कृष्ण केसी, नागस्वती भेट्रान्स क्लबका अध्यक्ष सोमबहादुर तितुङ्ग, टोलबिकास ७ नं. वडाको समन्वय समिती अध्यक्ष युवराज गौतम, टोल टोलबिकास अध्यक्ष, प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्