बकैया – मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका चिसापानी – ३ स्थित जिवन भ्लोनको घरमा रहेको फ्रिजभित्रबाट विश्वकै सबैभन्दा लामो विषालु सर्प किङ्ग कोब्रा सर्प उद्धार भएको छ । घरभित्रको फ्रिजमा सर्प देखिएपछि जिवन त्रसित हुँदै सबडिभिन बन कार्यालय हात्तीहुँडे लगायत बिभिन्न स्थानमा खबर गरेका थिए ।
सोही खबर पछि सञ्चारकर्मी राजेश “गरिब ” र रोशन “दिप” लाई सर्प उद्धार गरिदिन अनुरोध गरेपछि विहिबार उक्त स्थानमा पुगेर सबडिभिजनका पदाधिकारी, वडाध्यक्ष स्थानीय लगायतको उपस्थितिमा विहिबार १५ औं पटकको किङ्ग कोब्रा सर्प सकुशल उद्धार गरेका हुन् ।
मकवानपुरमा पत्रकारिता कर्म गरेसँगै सामाजिक कामका हिसाबले सरकारी वा निजी निकायको विना तलब–भत्ता कुनै संघ–संस्था या कुनैको सहयोग विना नै निःशुल्क रुपमा मानव र सर्पबीचको द्धन्द र भय हटाउने अभियानमा सेवाका भावमा काम गरिरहेका हुन् । मानव बस्तीको घरघर पुगेर सर्प उद्धार गर्दै मानिसमा सर्पले देख्योकि डस्छ मार्छ भन्ने ग्रसित भएको डर हटाउनु र सर्प संरक्षण मानिस सुरक्षित हुनुपर्छ भन्ने लक्ष्यमा मकवानपुको बागमती, बकैया, मकवानपुर गढी गाँउपालिका, भिमफेदी गाँउपालिका, हेटौंडा उपमहानगरका सबै वडाहरुबाट सर्पहरु उद्धार गरिरहेका छन् ।

मकवानपुर सँगै बारा, पर्सा सँगै भारत सम्म पुगेर उद्धार गरेपछि अहिले नेपालका बिभिन्न स्थान नेपालगञ्ज, बुटवल, लुम्बिनी, स्याङ्जा, बाग्लुङ, पाल्पा, काठमाडाँै, गाइघाट, कटारी, जनकपुर लगायतका स्थानबाट उद्धारका आग्रह आउने गरेको छ ।
उनले अहिले सम्म २२ प्रजातिका बिभिन्न सर्प बिषालु हल्का विषालु र पूर्णरुपमा अविषालु गरि लगभग १५०० भन्दा अधिक जसमा उद्धार गरिसकेकाछन् ।
यस अघि उद्धारकै क्रममा गएको जेठ -१९ गते बकैया – ३ देउडी डाँडा चिसापानीमा किङ्ग कोब्रा सर्प उद्धार कै क्रममा टोकाइमा परेर मृत्यु नजिक पुगेर जिवन तर्फ फर्किएपछि पनि सर्प संक्षण हुनुपर्छ भन्ने अठोटलाई राजेश र रोशनले कायम राखेका छन् ।
मृत्युलाई जितेपछि पनि निकै सर्प उद्धार गरिसकेका छन् भने बकैया – ३ मै किङ्कोब्रा उद्धारका क्रममा दुर्घटनापछि पुनः बकैया – ३ बाटनै भाद्र १८ गते १५ औँ किङ्ग कोब्रा मात्र उद्धार गरेका हुन् । किङ्ग कोब्रालाई (राजगोमन र कालीनाग ) पनि भनिन्छ । किङ्ग कोब्रा जसले सर्पलाईनै खाने गर्छ । यसको वैज्ञानिक नाम ओफियोफेगस हाना हो । यसको एकपटकको टोकाइमा करिब २१ जना मानिस वा एउटा हात्तीलाई मार्न सक्छ । जसलाई देख्नसाथ बाघ हात्ती जस्ता ठूला जनावहरु पनि पछि सर्छन । यसमा हुने विष अर्थात भेनम न्यूरोटक्सिक भेनम अत्यन्त घातक हुन्छ । तर, मानिसहरुबाट सकेसम्म टाढा बस्न रुचाउँने एकदमै शान्त अनि बुद्धिमान सर्प हो । हत्तपत्त मानिसहरुलाई टोक्न खोज्दैन । जसले टोक्दैन र टोकेमा जिवित रहेको घटना विरलै छ ।

नेपालको घटना हेर्नेहोभने हामीले फेला पारे अनुसार २०७२ चैतमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका –२ आलापोटको एउटा घरमा पसेको किङकोब्रा उद्धारपछि ४६ वर्षे कृष्णकमल फुयाँललाई करीब ४ बजेतिर बेहोश अवस्थामा भेटिएको उल्लेख छ । उनलाई गोकर्णस्थित नेपाल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो। उनको नाडी र हत्केलामा सर्पले डसेको चिह्न प्रष्ट देखिन्थ्यो । त्यो डसाइ किङ कोब्राको थियो – उनको भने मृत्यु भएको भनिएको छ।
१९ जेठ २०८३मा किङकोब्रा सर्पले टोकेपछि राजेश गरिबको हेटौंडा अस्पातलमै उपचार भएको हो १२ भायल एनटी स्नेक भेनम लगायतका उपचार करिब १ महिना चलेको थियो ।
मृत्युलाई जितेपछिको किङ्ग कोब्रा सर्प उद्धारपछि
सवडिभिजन बनकार्यालय हात्तीसुँडे मकवानपुरका पुर्ण प्रसाद पोखरेल, होमनाथ बाँस्तोला बकैया -३ का वडाध्यक्ष भुमल सिं घलान स्थानीय तिलक तितुङ्ग लगायतले सर्प उद्दारपछि आफु जिवनबाट टाढा पुग्ने अवस्थामा पुगेपनि सेवाको भावनासहित जोखिम मोल्दै सर्प मानिसको सुरक्षा हुनेगरी काम गरिरहेको प्रसंसायोग्य भएको बताए ।

उद्धार गरिएको उक्त सर्पलाई सरोकारवालासँगको समन्वयमा मानव बस्तीभन्दा पर निकुञ्ज वनक्षेत्रमा छाडिएको छ ।
सर्प उद्धारपछि सर्प बारे जानकारी दिदै: सामान्यतया मानिसलाई कुनैपनि सर्पले आक्रमण गर्न र टोक्नै खोज्दैन । तर, सर्पलाई अन्जान मै भएपनि समात्न, लखेट्न वा मार्न खोज्दा, सर्पमाथि अचानक पाइला पर्दा दख्खल परेमा खतरा महसुस भएर टोक्ने घटना हुने गरेको रोशन दिप बताउछन् । विज्ञहरुले दिएकै जानकारी अनुसार मानव जिवन र सहअस्त्विसँग सर्पपनि जोडिएको र पर्यावरण देखि मानिसकालागि महत्वपुर्ण जिव भएकाले संरक्षण अति आवाश्यक रहेकाले नमारेर सुरक्षित स्थानमा छाड्न आग्रह गरेका हुन् ।
कुनै स्थानमा कसैलाई सर्पले टोकेको शंका भएमा सर्प पहिचान तर्फ नलागेर तत्काल स।कारी अस्पताल नै पु¥याउनु पर्ने उद्धारकर्ता राजेश बताउछन् । सर्पले टोकेको स्थानमा कस्सेर बाँध्ने, काट्ने, चुस्ने, जलाउने वा तन्त्रमन्त्रको चक्कर छाडेर केही नगरी तत्काल सरकारी अस्पताल नै पुग्नुपर्ने दिपको भनाइ छ ।
सोहीक्रममा उद्धारकर्ता राजेश गरिबले बताए अनुसार उद्धारकाक्रममा विषालु सर्पमा किङ कोब्रा मोनोस्लेड कोब्रा स्पेटिकल कोब्रा बेन्डेड करेट ग्रिन पिट भाइपर लेसर ब्लेक करेत भेटिएका छन् ।
हल्का विषालु सर्पहरुमा फ्रोस्टेन क्याट स्नेक, अर्नेट फ्रलाईङ्ग स्नेक, क्याट स्नेक, मोक भाइपर भेटिएका छन् ।
त्यस्तैगरि अविषालु सर्पहरु अजिंगर कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, बफस्ट्रीप्ड किलव्याक, ब्रोन्जब्याक ट्रि स्नेक,चेकर्ड किलव्याक स्नेक, र्याट स्नेक कमन कुकुरी, ट्विन–स्पटेड वुल्फ स्नेक भेटिएका छन् ।
…………………………………………………………………………………………………………………………..
निःशुल्क सेवा – यदि सर्प उद्धार गर्न परेमा न. मा सम्पर्क गर्न सकिन्छ । Hetauda Nepal ।
राजेश थापा गरिब 9855031145
रोशन दिप9866122471


















प्रतिक्रिया दिनुहोस्