घोषणापत्र आदान प्रदान गर्दैै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र युवा तथा खेलकुद मन्त्रालयका मन्त्री मीनकृष्ण महर्जन ।

हेटौंडा । तेस्रो संस्करणको रुपमा आयोजना गरिएको बागमती प्रदेश युवा सम्मेलन सकिएको छ । प्रदेश युवा परिषद्, बागमतीको आयोजनामा आइतबारबाट सुरु भएको युवा सम्मेलन ३ दिनसम्म सञ्चालन भएर मंगलबार सम्पन्न भएको हो । ७ प्रदेशबाट ३०० जना भन्दा बढी युवाको सहभागिता सञ्चालन भएको युवा सम्मेलनको १० बुँदे घोषणपत्र जारी गर्दै समापन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ)को प्रमुख आतिथ्यमा तथा प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा ३ दिन युवा सम्मेलनको समापन गरिएको हो । कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जारी गरेको १० बुँदे घोषणापत्र वाचन गरेका छन् । समापन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका खेलकुदमन्त्री मीन कृष्ण महर्जन, सञ्चाकर्मी दिलभूषण पाठक, रुपेश श्रेष्ठ लगायतको उपस्थिति गरेको थियो ।

पछिल्लो वर्षमा विश्वकै युवाहरुले जलवायुको संकट, बेरोजगारी, प्रविधिमा असमान पहुँच, मानसिक तनाव लगायत बहुआयामिक चुनौतिहरु सामना गर्नुपरेकोले बागमती प्रदेशमा रहेका ४५ दशमलव ४ प्रतिशत युवालाई केन्द्रीत गरेर स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, प्रविधि, उद्यमशीलता लगायत क्षेत्रमा सीपमूलक कार्यक्रम ल्याउँदा प्रदेशको आर्थिक समृद्धि, सुशासन तथा विकासमा पविर्तन गराउन सक्ने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौँडामा युवा सम्मेलनबाट युवा घोषणापत्र जारी गरिएको कार्यकारी उपाध्यक्ष चौलागाईंले बताएका छन् ।

 

सम्मेलनमा जलवायु परिवर्तन, नीतिगत, नेतृत्व र युवा संग्लनता विषयक प्यानल छलफल कार्यक्रमको समेत आयोजना गरिएको थियो । उक्त प्यानल छलफल कार्यक्रलाई इन्टरफेस नेपाल नेटवर्क (आइएनएन) का संस्थापक दिलभूषण पाठकले सहजीकरण गरेका थिए । सम्मेलनको समापन कार्यक्रम पूर्व मंगलबार बिहान सम्मेलनमा सहभागी भएका युवाहरुलाई सम्पदा यात्राको कार्यक्रम अन्तर्गत मकवानपुरको ऐतिहासिक चुरियामाइ सुरुङमार्ग, मन्दिर र त्रिवेणी धाममा भ्रमण गराइएको थियो भने कान्तिपूरका सञ्चारकर्मी रुपेश श्रेष्ठको सहजीकरणमा मुख्यमन्त्रीसँग युवाको संवाद समेत भएको थियो ।

 

युवा सम्मेलनमा जारी गरेको घोषणापत्रमा यस्तो उल्लेख गरिएको छ ।

१. युवाहरुमा रहेको नविनतम सोचलाई आर्थिक लाभसँग जोड्नका लागि तीनवटै तहको सरकारको समन्वय र निजी क्षेत्रमा सहकार्यमा युवा परियोजना बंैकको स्थापना गरियोस् । युवा परियोजना बैकमा छनोट भएका परियोजनाहरुमा सरकारको तर्फबाट बीउ पुँजी र बिना धितो सहुलियतपूर्ण कर्जाको व्यवस्था गरियोस् ।

२. गुणस्तरीय, व्यावसायिक, जीवन उपयोगी तथा नवप्रवर्तनमा आधारित शिक्षाका लागि आवश्यक औपचारिक र अनौपचारिक शिक्षा प्रणाली विकास गरी सबै स्थानीय तहमा विकास गर्नुपर्दछ । “इनक्युबेसन सेन्टर”, “स्टार्टअप हब”, र “नवप्रवर्तन मेला” जस्ता अभियानहरूलाई प्रोत्साहन गर्दै युवाले सिर्जना गरेका विचारलाई नीति, पूँजी र प्रविधिमा रूपान्तरण गर्ने संरचनाको माग गर्दछौं ।

३. बागमती प्रदेशको कुल जनसंख्याको ४५.४ प्रतिशत युवा छन् । देशका सबै तहहरुको नीति निर्माण तहमा युवाहरुको अर्थपूर्ण सहभागिता वृद्धि गरिनुपर्दछ । प्रदेशका नीति निर्माण प्रक्रिया (बजेट, योजना, कार्यक्रम, नीति मस्यौदा, कानुन निर्माण) मा युवा प्रतिनिधित्व अनिवार्य सुनिश्चित गरिनुपर्छ ।

४. जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारको योजना, नीति तथा कार्यक्रम र बजेट निर्माण तथा कार्यान्वयनमा युवाहरुको अर्थपूर्ण र प्रभावकारी सहभागिता मार्फत युवामैत्री नीति र बजेट तयारी गरियोस् । स्थानीय तहमा युवाहरुको प्रतिनिधित्वलाई संस्थागत गर्न सबै स्थानीय तहमा स्थानीय युवा परिषद् गठन गरियोस् ।

५. प्रदेश युवा परिषद्, बागमतीको आग्रहमा बागमती प्रदेश सरकारले घोषणा गरेको ‘युवा सीप बर्ष २०८१’ का कार्यक्रमलाई आगामी बर्ष समेत निरन्तर रुपमा सञ्चालनको व्यवस्था गरियोस् । सीपमूलक तालिमसँगै उद्यम सञ्चालन, बजारीकरण, लगानी पहुँच, प्राविधिक परामर्श र अनुगमनलाई जोडेर एकीकृत ढाँचामा सञ्चालन गरियोस् । सीपमा आधारित स्वरोजगारको लागि अनुदान, सहुलियत ऋण र सहकारी प्रणालीलाई कार्यान्वयन गरियोस् ।

६. जलवायु परिवर्तनका प्रत्यक्ष र अप्रत्यक्ष असरहरूले आजका युवाको स्वास्थ्य, जीविकोपार्जन र भविष्यप्रतिको आशामा गम्भीर असर पु¥याइरहेको छ । बागमती प्रदेश सरकारले जलवायु संकटलाई सम्बोधन गर्न वातावरण संरक्षण, हरित रोजगारीको सिर्जना र जलवायु न्याय सुनिश्चित गर्ने विषयमा युवाको नेतृत्वमा आधारित कार्यक्रमहरूलाई प्राथमिकताका साथ सञ्चालन गरियोस् । युवाले नेतृत्व गरेका ‘ग्रीन इनोभेसन’ र ‘सस्टेनेबल स्टार्टअप’ मा लगानी सहज बनाउन सार्वजनिक–निजी साझेदारीको माध्यमबाट पहुँच वृद्धि गरियोस् ।

७. कृषिलाई आत्मनिर्भर मात्र होइन, निर्यातको माध्यम बनाउन कृषिमा युवाहरुलाई आकर्षित गर्न आवश्यक छ । आधुनिक कृषि प्रविधि, स्मार्ट फार्मिङ, र एग्रो–स्टार्टअपका लागि युवा लक्षित ‘कृषि नवप्रवर्तन कोष’ स्थापना गरिनुपर्छ । कृषि विषय अध्ययन गरेका युवाहरुका लागि कृषि उद्यम र कृषि अनुसन्धानका लागि शौक्षिक प्रमाणपत्रका आधारमा कर्जाको प्रबन्ध गरियोस् । बीउदेखि बजारसम्मको शृृंखलामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सार्वजनिक–निजी साझेदारीको ढाँचामा कार्यक्रम ल्याइनुपर्छ । कृषिमा डिजिटल प्रविधि, मौसम पूर्वानुमान, बीमा प्रणाली र सहुलियत ऋण अनिवार्य गर्नेगरी आगामी वर्षको बजेट विनियोजन गरियोस् ।

८. बागमती प्रदेश सरकारले डिजिटल साक्षरतामा जोड दिँदै विद्यालय तहदेखि नै कम्प्युटर शिक्षा, कोडिङ, कृत्रिम बौद्धिकता (AI), र डिजिटल उद्यमशीलताको तालिमहरू सञ्चालन गरियोस् । साइबर सुरक्षा, डेटा गोपनीयता, डिजिटल नागरिकता, र डिजिटल अधिकारबारे व्यापक जनचेतना अभियान सञ्चालन गरी प्रत्येक स्थानीय तहमा डिजिटल पूर्वाधारको विकास, इन्टरनेट पहुँच, र प्रविधि प्रयोगको अवसर सुनिश्चित गर्न प्रदेश सरकारको प्राथमिकता हुनुपर्दछ । साथै प्रदेश सरकारका सबै सेवा प्रणालीहरूलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै युवा–मैत्री डिजिटल सरकारको अभ्यास सुरु गरिनुपर्दछ ।

९. बागमती प्रदेश धार्मिक र साँस्कृतिक रुपमा धनी प्रदेश हो । आधुनिक प्रविधिको सदुपयोग गर्दै संस्कृति संरक्षण, सिर्जनात्मक लेखनमा लागि थ्यगतज ब्चत ७ ऋगतिगचभ ँगलम को स्थापना गरी साहित्यिक लेखन, फिल्म निर्माण, संगीत, डिजिटल कला, फोटोग्राफी, लोक कला र परम्परागत शिल्पजस्ता विधामा संलग्न युवालाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याइयोस् । प्रदेशस्तरीय थ्यगतज सञ्चालन गरी युवाहरूको सिर्जनात्मक क्षमतालाई प्रशिक्षण, उपकरण, सञ्जाल र प्रस्तुतीकरणको अवसरमार्फत अभिव्यक्त गर्न सहज वातावरण निर्माण गरियोस् ।

१०. पछिल्लो समयमा मानसिक स्वास्थ्यको अवस्था थप जटिल बन्दै गएको परिप्रेक्षमा बेरोजगारी, प्रतिस्पर्धा, पारिवारिक र सामाजिक अपेक्षा, डिजिटल दवाव र प्रवासी जीवनशैलीका कारण धेरै युवा मानसिक तनाव तथा चिन्ताको सामना गरिरहेकाले मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवामा समावेश गरी प्रदेशमा युवा लक्षित ‘मानसिक स्वास्थ्य परामर्श केन्द्र’, विद्यालय तथा कलेजस्तरमा ‘साइको–सोसल सपोर्ट सिस्टम’, टोलमै आधारित Peer Support Creative Lab र २४ सै घण्टा उपलब्ध ‘हेल्पलाइन सेवा’ स्थापना गरियोस् ।