हेटौंडा उपमहानगरपालिका –२ मा रहेको बालजागृति अंग्रेजी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत १६ वर्षका ऋत्विक केबीले लेखेको कविता संग्रह ‘कोरिएका धर्साहरू’ विहीबार विमोचन भएको छ ।
केबीको माता पुण्यशिला श्रेष्ठ प्रकाशक रहेको कविता संग्रहमा सङ्ग्रहमा २४ वटा कविताहरु रहेका छन् भने मकवानपुरे युवा केबीद्धार लेखिएको कविता संग्रह विहीबार बिद्यालयकै आयोजनामा विमोचन गरिएको हो ।
सानै उमेरमा लेखिएको कविता सङ्ग्रहको निकै प्रशंसा गरिएको छ ।
ऋत्विकको कविता सङ्ग्रहले विद्यार्थीहरुमा साहित्य क्षेत्रमा लाग्न टेवा पुग्ने र सकारत्मक कामकालागि उर्जा थपिने उल्लेख गर्दै गौरभान्वित भएको बालजागृति विद्यालयका प्रिन्सिपल बिनोद सुवेदीले बताए।
बालजागृति विद्यालयका सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बालजागृति विद्यालयका व्यवस्थापन समितिका पदाअधिकारी, सर्जक सञ्जाल मकवानपुर अध्यक्ष निमेष निखिल पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रमको सहजीकरण साहित्यकार सिएम रिमालले गरेका थिए ।


















प्रतिक्रिया दिनुहोस्