हेटौंडा । हेटौंडा–१८, हर्नामाडीस्थित साना किसान कृषि सहकारी संस्था तीज गीत प्रतियोगिताको आयोजना गरेको छ । बुधबार सहकारीले हरितालिका तीजको शुभकामना आदानप्रदान, सहकारी शिक्षा एवम् तीज गीत प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा तुल्सी घिमिरेकी समूह प्रथम, मीना उपरकोटीकी समूह द्वितीय र विष्णु न्यौपानेकी समूह तृतीय भएका छन् । यस्तै राममाया नेपाल र विष्णु घिमिरेकी समूह सान्त्वना भएका छन् । जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य विष्णुमाया थपलियाको प्रमुख आतिथ्यमा तथा सहकारीकी अध्यक्ष रेखा खतिवडाकी सभाध्यक्षमा कार्यक्रमको उद्धाटन समारोह भएको हो ।
हेटौंडा–१८ का वडाध्यक्ष अध्यक्ष अनिल कुमार बानियाँले यस वर्षबाट बागमती प्रदेश सरकारको पहलमा यसै सहकारी मार्फत २० जना कृषकलाई भैंसी अनुदान तथा लीचि प्रवद्र्धन कार्यक्रममा सहभागी गराईने बताए । प्रतियोगितामा निर्णायक मण्डलमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान बागमती प्रदेश सदस्य रामप्रसाद पौडेल, सादुराम राउत र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान मकवानपुरका प्रवक्ता कुमार महत रहेका थिए । प्रतियोगितामा ७ समूहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः ३ हजार, २ हजार ५ सय, २ हजार र १ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् । कार्यक्रममा ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबाबु खतिवडा, संस्थाका सल्लाहकार चन्द्रकला ढुंगाना, विश्वनाथ ढुंगाना, लेखा संयोजक निर्मला न्यौपाने, सहकारीका व्यवस्थापक माधव प्रसाद पुडासैनी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत शेयर सदस्य महिलाहरु।को उपस्थिती रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्