स्थानीय तहको निर्वाचन एकदमै नजिकिँदै गर्दा बिभिन्न राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिदै गईरहेका छन् ।
आफ्ना योजना सुनाउदै उम्मेदवारमा आफूनै योग्य भएको भन्दै अघि सरेर पदको दावी समेत गरिरहेका छन् ।
पार्टीको तर्फबाट उम्मेदवार सिफरिस समेत गरिरहेका छन् ।
यसैविच स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीले कमिटीको शनिबार बसेको बैठकले २ जनाको नाम सिफारिस गरेको छ ।
मेयरमा वर्तमानको उपमेयर मिना कुमारी लामा र नेकपा एस मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको नाम सिफारिस गरेको हो ।
एस सहित ५ दलीय गठबन्धन भए पनि उम्मेदवारको नाम सिफारिस गरिएको हो ।
एसको तर्फबाट उपमेयर पदको उम्मेदवारको रूपमा तिलक अधिकारी, ध्रुव भुजेल, कविन पन्त र तारा ढुङ्गाना लामाको नाम सिफारिस गरिएको हो ।
हेटौंडा उपमहानगरको १९ वटै वडाका वडाध्यक्षको उम्मेदवारको नाम पनि सिफारिस गरिएको छ ।हेटौंडा १ मा बेगम बराल, २ मा तारा ढुंगाना लामा र शिशिर पराजुली, ३ मा तेजराज बर्तौला, मेनुका पौड्याल र यादव गौतम, ४ मा निरज सिंह, ५ मा रविन्द्र पोख्रेल, ६ मा गोपालप्रसाद दाहाल, ७ मा राजु अधिकारी, रघुप्रसाद आचार्य, ८ मा बैकुन्ठप्रसाद सापकोटा, ९ मा सुकराम केसी, १० मा प्रेमकुमार गुरुङ, ११ मा देवकुमार श्रेष्ठ, १२ मा सोमलाल बल, १३ मा मनोज वाइवा, विष्णुमाया लामा, राजकुमार वाइवा, नवराज थिङ, १४ मा मोहनसिं मोक्तान, १५ मा दिपेश थिङ, प्रेमबहादुर भोम्जन, १६ मा लोकनाथ चौलागाईं, १७ मा कृष्णबहादुर सापकोटा, १८ मा केदार बानिया र १९ मा रामप्रसाद पौडेलको नाम नगर कमिटीबाट पार्टी जिल्ला कमिटीमा सिफारिस भएका हुन् ।

























प्रतिक्रिया दिनुहोस्