हेटौंडा । विराटनगरमा लागूऔषध दुव्र्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय मोराङको आयोजनामा तथा गैरसरकारी महासंघ मोराङको सहकार्यमा लागूऔषध दुव्र्यसनीसँगै लागूऔषध ओसारपसार तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो । लागूऔषध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वास्थ्य सभ्य र सुरक्षित समाजको प्रतिवद्दता,, लागूऔषध विरुछ ऐक्यवद्दता भन्ने मूल नाराकासाथ आयोजना गरिएको कार्यक्रममा ७६ जनाको सहभागिता रहेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको सभाध्यक्षमा कार्यक्रमको उद्घाटन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक हस्त बहादुर सुनारले लागू औषध दुव्र्यसन, ओसारपसार तथा नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रमलाई सहजीकरण गरेका थिए । कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, राष्ट्रिय अनुसन्धान विभाग मोरङ जिल्ला प्रमुख राजन शर्मा सापकोटा, सशस्त्र प्रहरी बल मोरङका सहायक प्रहरी नायब उपरीक्षक प्रकाश खतिवडा, अधिवक्ता सिता पौडेल, कोशी प्रदेश अस्पताल विराटनगरका डा.रुना झा लगायतको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्