मकवानपुरको मनहरी गाँउपालिका स्थित ज्यामिरेमा गार्मेन्ट संचालनमा आएकोछ ।
मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा वडा नम्बर ९ ज्यामिरे प्रणामी टोलमा गार्मेन्ट संचालनमा आएको हो ।
गाँउपालिका अध्यक्ष रन्जन कालाखेतीले आईतबार गार्मेन्टको उद्घाटन गरेका हुन् ।
कार्यक्रमबाट १० लाख रुपैयाँ सहयोग प्राप्त गरेका संस्थाले २० लाख रुपैयाँ बराबरको भवन , २० लाख रुपैयाँ बराबरको मेसिन र १० लाख रुपैयाँ बराबरको अन्य गरि करिब ६० लाख लागत रहेको छ ।
मनहरी ९ ज्यामिरे स्थित बिन्दा मायाबाट भाडामा लिएर सन्चालन गरिएको हो भने पहिलो चरणमा ३० जनालाई प्रत्यक्ष रोगजार दिन सकिने गरि योजना अघि सारिएको वडा नम्बर ९का वडाध्यक्ष राज कुमार श्रेष्ठले बताए ।
ट्रेलर सम्बन्धि सिप सिकेर बसेका दिदीबहिनीलाई रोजगारको बाटो बनोस भन्ने सोच सहित गाँउपालिकामा सिफारिस गरि गाँउपालिकाकै ९ ६०(४०० बजोत अन्तरगर्त नै सञ्चालनमा ल्याइएको वडाध्यक्ष श्रेष्ठल जानकारी दिएका हुन् ।
संस्थाका अध्यक्ष भुवन कुमार गौतमको सभाध्यक्षमा गरिएको उद्धघाटनलाई सम्बोधन गर्दै सञ्चालित गार्मैनटले सिपमुलक तालिमको सदुपयोग हुने अध्यक्ष कालाखेतीले बताए ।
उनले तालिम तथा प्रबिधिलाई आउँदा दिनमा अझ अधिक चासो दिएर उपलब्धी हुने खालको कार्यक्रमलाई बजेट विनियोजन गरिने समेत बताउदै उत्पादित कपडाको गुणस्तरीयता मा ध्यान दिन र उपभोक्तालाई चित्तबुझ्दो तरिकाले काम गर्न आग्रह गरे ।
पालिकामा व्यवस्थित हुन नसकेका स्विटर बुन्ने मेसिन थप गार्मेन्टलाई हस्तान्तरण गरिने प्रतिवघता जनाउदै उाउदा दिनमा पालिका भित्र आवश्यक कपडाहरु पालिका भित्रकै प्रयोग गर्ने आधार तयार पार्न अध्यक्ष कालाखेतीले सुझाव दिए ।
उद्घाटन कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमको बिशिष्ट अतिथी सीता पुलामी मगर रेखाले भोलिको दिनमा रेडिमेट कपडा अन्य स्थानबाट हुने आयत राकिने तरिकाले काम गर्ने र स्थानियबासी दिदिबहिनिले सिलाएकै कपडा अधिक प्रयोग हुने बतावरणको पर्खामा रहेको बताइन् ।
सरकारी कार्यालय बिद्यालय, क्याम्पसका लागि आवश्यक पर्ने झोला, न्यानो कपडा लगाएत तैयारी पोशाक उत्पादन गर्ने लक्ष्य राखिएको अध्यक्ष भुवन कुमार गौतमले बताए ।














प्रतिक्रिया दिनुहोस्