मकवनपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदीले खेलक्षेत्रमा अघि बढ्न र बिकासका निम्ति प्रायोजक बिना समस्या पर्ने बताएका छन् ।

मकवनपुर जिल्ला फुटबल संघको आयोजना तथा हेटौंडा १०, भुटनदेवि मन्दिर जाने बाटोमा रहेको नारायणी कलेज, तुल्सिमेहर माध्यमिक विद्यालयले समेत विशेष सहकार्य गरेको एन्फा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिताको पाइनल खेल सकिए संगै महासचिव सुवेदीले यस्तो बताएका हुन् ।

उनले हरेक खेल आयोजनका लागि प्रायोजकको महत्वपूर्ण भ्रमिका हुने भएकाले कलेजले गरेको सहयोग प्रति आभारी रहेको बताए ।

गएको मंसिर २३ गते देखि सूरु भएको क्वालिफाइ नक आउट फुटबलको शनिबार भएको फइनल भिडन्तमा बकैया १२ को बकैया युथ क्लब र हेटौँडा १२ बेलडाँडाको पञ्चशील युवा क्लबको भिडन्तमा बकैयाले ४ – ० गोल अन्तरले जित हासिल गरेको हो ।