नेपाल राष्ट्रय शिक्षक संगठनको तेस्रो नगर परिषद तथा पालिका स्तरीय शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षकहरुको हकहितमा कामगर्ने उद्देश्य सहित छाता संगठनका रुपमा वि.सं २०३६ सालमा स्थापित शिक्षक संगठनको उक्त कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केन्दिय समिति सदस्य समेत रहेकी लक्ष्मीे गजुरेलले अबका दिनमा शिक्षक महिलाहरु समेत मिलेर संगठनलाइ अझ  स्तरीय बनाउन पर्ने बताइन् ।

उक्त कार्यक्रममा अभियान्ता वद्रि प्रसाद लम्साल र सीताराम दहालले सहकारी सम्बन्धमा प्रशिक्षण  दिएका थिए भने सचिव देवराज शर्माले सचिवको प्रतिवेदन र कोषाध्यक्ष भरत पोख्रेलले कोषको प्रतिवेदन पेश गरेका थिए ।

नगर समितिका अध्यक्ष गोपी रमन प्याकुरेलको सभाध्यक्षता लक्ष्मीे गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सचिवालय सदस्य सचिवालय मोहन प्रसाद शर्मा सदस्य सुनिल गौतम जिल्ला अध्यक्ष श्री.राम दहाल , उपाध्यक्ष प्रतिभा, गौतम सचिव मुकुन्द न्यौपाने, कोषाध्यक्ष भावना सापकोटा लगायतकको उपस्थिती रहेको थियो ।