मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको पाँचौं संस्करण हुने भएको छ ।

……………………………………………

Makwanpur।हेटौंडामै गज्जब गोल्डकप-पाँचौं संस्करण।Hetauda -Goldcup।Tika Lama।हिसाब प्रष्ट पर्ने बताए।

 

हेटौडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा यही माघ २८ देखि फागुन ११ गतेसम्म हुने भएको आयोजकले जनाएको छ।

……………………..

Makwanpur बबाल गोल्डकप हुने।खेलकुद हब बन्दै छ।Nabin Sigdel बिवाद बारे भने, आम सरोकारको कुरा हो…।

विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गत बर्ष झैं यस संस्करणमा पनि १२ वटा क्लवको सहभागिता रहने आयोजकले जानकारी गराएको हो ।

खेल हुने प्रतियोगिताको खेलतालिका समेत आयोजकले सार्वजनिक गरेको हो भने फुटबल प्रतियोगितामा १२ टिमको सहभागिता रहने जनाएको छ ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिने संघका अध्यक्ष टीकाराम लामाले बताए ।

उनले बताए अनुसार विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।