मदन भण्डारी स्पोर्टस् एकेडेमी, मकवानपुरको आयोजनामा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुनेभएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मुख्य प्रायोजका रहेको जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता पुस २९ गतेदेखि हुने भएको हो ।
हुप्रचौरको भलिबल कोर्टमा हुने प्रतियोगितामाको प्रथम हुने टिमलाई नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरिने खेल संयोजक राजाराम पोखरेलले बताए ।
यस्तै प्रतियोगितामा उपविजेता हुने टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा तृतिय हुने टिमले नगद ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनुका साथै उत्कृष्ट सेटर र स्पाइकरलाई समान २÷२ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पोखरेलले बताए ।
बुधाबार पत्रकार सम्मलेनको आयोजना गर्दै शिक्षकहरुको सहभागिता रहने प्रतियोगितामा सहभागी टिमलाई २ हजार रुपैयाँ रहेको छ ।
टिम दर्ताकालागि कुनै निश्चित नगरिएको र प्रतियोगिताको कुल खर्च १ लाख ९२ हजार रुपैयाँ लाग्ने जानकारी गराइएको हो ।
त्यस्तै, अनुशासित टिमले बल र नेट समेत पाउने छन् ।
एकेडेमीका प्रकाश सुबेदीको सभाध्यक्षता हेटौंडा ४ नम्बर वडाका वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा
स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा मध्यनजर गर्दै यायोजना गर्न लागिएको खेलकुदका लागी मुख्य सहयोग वडाको रहेको वडाध्यक्ष सिग्देलले बताए ।














प्रतिक्रिया दिनुहोस्