मकवानपुरको हेटौंडा उपमहानगर १६ हटियामा एक १२ वर्षको बालकको शव सोमबार झुण्ड्याईएको अवस्थामा फेला परेपछि बिभिन्न स्थानका व्यक्तीहरुले दुःख व्यक्त गरेक छन् ।

मुस्कान भन्ने सुजन थिङ नाम रहेको बालक हटियाको चिसापानी नजिकै सामुदायिक बनमा हात बधिएर झुण्डीएको अवस्थामा मृत फेला परेको हो ।

हेटौंडा १६ हटियामा रहेकाो जनप्रिय माबिमा कक्षा ३मा अध्यन गरिरहेका एक अबोध बालक बनमा हात बधिएर झुण्डीएको अवस्थामा मृत फेला पर्नु हत्या गरिएको हुन सक्ने बिभिन्न व्यक्तीहरु देखि शिक्षकहरुको आशंका छ ।

कक्षा ३ मा अध्यनरत बालक कसरी रुखमा झुण्डियो भन्ने विषय रहस्यमय भएको उल्लेख गर्दै घटनाको गहन अनुसन्धान गरेर प्रहरीले तत्काल घटनाको सत्य बाहिर ल्यायउनेमा विश्वास रहेको  बताइरहेका छन् ।

दोषीलाई कडा कारवाही हुनुपर्ने शिक्षकहरुको धारणा छ ।

प्रहरीले गहन अनुसन्धान थालेको छ ।

घटनाको सोधपुछका लागी आफन्तै पर्ने २ जनालाई प्रहरी नियन्त्रणमा पनि लिएको छ । पोष्टमार्टम पछि घटनाको थप विवरण आउने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताएका छन् ।