मंसिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि माहोल तात्न सुरु गरेको छ ।
यसकालागि अ आफ्नो पक्षको तर्फबाट चुनावी प्रचार प्रसारमा खटिन सुरु गरेका छन् ।
मकवानपुरमा पनि निर्वाचन अधिकृतको कार्यलयमा उपस्थित भएर उम्मेदवारी दिन मनोनयन दर्ता गराएका छन्।
यसै क्रममा मकवानपुरको हेटौंडामा पनि लौरो चुनाव चिन्ह लिएर ३ जनाले मनोनयन दर्ता गराएका छन् ।
आइताबार दिउसो मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा दीपेन्द्र चन्द ठकुरी प्रदेश सभा तर्फ मकवानपुर–१ ख स्वतन्त्र उम्मेदवार किशोर अर्याल र मकवानपुर– १ क प्रदेश सभा तर्फ किशोर रानाले उम्मेदवारी दर्ता गराएका छन् ।
हाम्रो नेपाली पार्टी लौरो अभियानले उम्मेदवारी दर्ता गराएका हुन्।























प्रतिक्रिया दिनुहोस्