Rato Samachar
Thu, 23 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
राष्ट्रिय समाचार समाज

‘आधारभूत स्वास्थ्य सेवा लिन नै चार घण्टा हिँड्नुपर्छ ’

भोजपुरका विकट तथा दुर्गम भेगका नागरिक आधारभूत स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने गरेका छन् । यहाँका दुर्गम भेगका स्थानीयवासीलाई सामान्य स्वास्थ्य सेवा लिनको लागि तीन देखि चार घण्टाको दूरी हिँड्नुपर्ने अवस्था छ । स्वास्थ्य चौकीटाडा हुँदा सिटामोल तथा जीवनजल पाउन नै स्थानीयवासीलाई समस्या हुने गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले र चोलन्तीका स्थानीयवासीले यस्तो समस्या वषौँबाट भोग्दै आएका छन् । दुर्गम क्षेत्र भएका कारण उनीहरुलाई सामान्य रुगाखोकीको औषधि लिनको लागि घण्टौँ पैदलयात्रा पार गर्नु पर्नेहुन्छ । यहाँका नागरिकले दुईदेखि तीन घण्टा समय लगाएर वडा कार्यालयमा स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था छ । त्यस्तै उनीहरु चार घण्टासम्म हिँडेर वडा नं ४ नागी र वडा नं ९ लेखर्कको पाँचधारेमा पुगेर आधारभूत स्वास्थ्य सेवा लिन बाध्य छन् । त्यहाँ पुग्नका लागि उनीहरुले चार घण्टासम्म यात्रा गर्नुपर्ने स्थानीयवासी सन्तोष विष्टले बताउनुभयो । विष्टले भन्नुभयो,‘‘हाम्रो क्षेत्रबाट आधारभूत स्वास्थ्य सेवा लिन धेरै समस्या छ । यहाँबाट स्वास्थ्य चौकी पुग्न धेरै टाडा छ । हामीले सामान्य औषधि खरिदको लागि पनि खावा, नागी तथा पाँचधारे नै पुग्नुपर्छ । जहाँ पुग्न दुईदेखि चार घण्टासम्म पैदलयात्रा गर्नुपर्ने हुन्छ ।’’ स्थानीयवासीले आफ्नो क्षेत्रमा सहज आधारभूत स्वास्थ्य सेवाको लागि माग गरिरहेका छन् । सामान्य खालका औषधि लिनसमेत घण्टौँ पैदल हिँड्नु पर्दा अकालमा ज्यान जाने अवस्था रहेको स्थानीयवासी हर्कराज लुइँटेलले जानकारी दिनुभयोे । वर्षातयाम सुरुभएपछि यातायात सेवा पूर्ण रुपमा बन्दा हँुदा झनै समस्या भएको लुइँटेलको भनाइ छ । उहाँले भन्नुभयो,‘‘हाम्रो क्षेत्रमा स्वास्थ्यको असाध्यै समस्या छ । हुन त आजको समस्या होइन् । वषौँबाट यही समस्या भोग्दै आएका छौँ । यो भेगका मानिसलाई पायकपर्ने स्थानमा स्वास्थ्य संस्था छैन । हामीले विभिन्न निकायमा यो क्षेत्रलाई लक्षित गरेर स्वास्थ्य चौकीको गरिरहेका छौँ । तर कुनै पनि निकायबाट पहल हुनसकेको छैन् । हाम्रो क्षेत्रमा एउटा स्वास्थ्य चौकीको अति नै आवश्यक छ ।’’ साविक खावा गाउँ विकास समितिक वडा नं– ९, ८ र ७ का स्थानीयवासीलाई लक्षित गरेर स्वास्थ्य चौकीको स्थापना गरी दिए सहज हुने मझौलेका स्थानीयवासी शिवकुमार विष्टले बताउनुभयो । ठूलो भूगोल रहेका कारण वडा कार्यालय रहेको स्थान वडा– ५ खावामा सेवा लिन जान सास्ती रहेको उहाँको भनाइ छ । वर्षातको सिजन रहेकोले विभिन्न खाले हैजाबाट बिरामी हुँदा घरयासी उपचार र धाँमी झाँक्रीको भरमा बस्नुपर्ने अवस्था रहेको विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘हाम्रो यो भूगोल निकै ठूलो छ । वडा कार्यालयमा रहेको स्वास्थ्य चौकी पुग्न नै हामीलाई दुईदेखि तीन घण्टा लाग्छ । बिरामीलाई स्टेचरमा बोकेर लैजाँदा त त्यो भन्दा बढी समय लाग्छ । यो क्षेत्रलाई लक्षित गरेर स्वास्थ्य चौकी स्थापना भए हामीलाई राहत पुग्ने थियो । हाम्रो क्षेत्रमा सामान्य स्वास्थ्य सेवा नपाएर नै ज्यान गुमाउनुपर्ने अवस्था छ । यसमा सरकोकारवाला पक्षको ध्यान गए हुने ।’’ स्थानीयवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि काम गरिरहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । कतिपय ठाउँमा आधारभूत स्वास्थ्य सेवा लिन नै समस्या रहेकोले त्यस्ता क्षेत्रमा स्वास्थ्य चौकी स्थापनाको लागि केन्द्र सरकारसँग पहल गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘हाम्रो गाउँपालिकामा मात्र नभएर जिल्लाका धेरै दुर्गम भेगमा यस्तो समस्या छ । झन वर्षात सुरु भएपछि त कतिपय ठाउँका स्थानीयवासीलाई स्वास्थ्य चौकी पुग्नै कठिन छ । त्यस्ता ठाँउलाई लक्षित गरेर सहज सेवाका लागि हामी पहल गछौँ । कतिपय कुरा स्थानीय सरकारको पहँुच भन्दा बाहिरको विषय भएकोले त्यस्ता विषयमा केन्द्र सरकारसँग समन्वय गर्नुपर्ने अवस्था छ । केन्द्र तथा प्रदेश सरकारसँग नागरिकको समस्यालाई समाधानमा गाउँपालिकाले काम गरिरहेको छ ।’’ गाउँपालिकाका विकट तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरेर अस्थायी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने अध्यक्ष बस्नेतको भनाइ छ । जसको लागि वडा नं १ तिम्माको खम्वुखा र वडा न २ रुमलामा स्वास्थ्य केन्द्र स्थापना गर्नको लागि काम भइरहेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष बस्नेतले भन्नुभयो,‘‘ हामीले दुर्गम भेगमा स्वास्थ्य सेवा विस्तार गर्न दुई स्थानमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी गरिरहेका छौँ । वडा नं ५ खावाको चोलन्ती र मझौलेलाई लक्षित गरेर अस्थायी स्वास्थ्य केन्द्र स्थापना पर्ने योजना छ । अस्थायी रुपमा भए पनि त्यसपछि अन्य ठाउँमा पनि काम गर्छौँ । स्थायी रुपमा स्वास्थ्य चौकी स्थापना गर्नका लागि पनि पहल भइरहेको छ ।’’ सरकारले गत वर्षको मङ्सिर १५ गते देशभरसँगै भोजपुरका नौ ओटा स्थानीय तहमध्ये सात स्थानीय तहमा अस्पतालको शिलान्यास गरेको छ । तीन अस्पताल निर्माणको काम पनि भइरहेको छ । कतिपय स्थानीय तहमा भने अस्पताल निर्माणको काममा ढिलाइ भएको कारण स्थानीयवासीले गुनासो गर्दै आएका छन् । सरकारले यहाँका पौवादुङमा, अरुण, साल्पासिलिछो, टेम्केमैयुङ, रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकामा पाँचदेखि १५ शय्याको अस्पताल शिलान्यास गरेको हो । यहाँका स्थानीय तहरुले आवश्यक प्रक्रिया पूरा गरेर निर्माणको काम गरिरहेको जनाएका छन् । पौवादुङमा गाउँपालिकाको रु चार करोड ८१ लाख १४ हजारमा लागतमा पाँच क्षमता अस्पताल निर्माणको काम ४५ प्रतिशत बढी सम्पन्न भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । यहाँ गत वर्षको फागुन महिनाबाट निर्माण थालिएको हो । साल्पासिलिछो गाउँपालिकामा रु छ करोड ६५ लाख लागतमा पाँच शय्या, आमचोक गाउँपालिकामा रु १२ करोड ५० लाख लागतमा १० शय्या, हतुवागढी गाउँपालिकामा रु १६ करोड लागतमा १५ शय्या क्षमताको अस्पताल निर्माण हुने जनाइएको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिकाको कोटमा रु १८ करोड ६५ लाख १४ क्षमताको अस्पताल निर्माण हुनेछ । यहाँ ६६ स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र, तीन प्राथमिक स्वास्थ्य केन्द्र, तीन सहरी स्वास्थ केन्द्र, सात सामुदायिक स्वास्थ्य इकाई र एक जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । –––राष्ट्रिय समाचार समिति

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

Exploring Popular Games at the Best Online Casino in Canada

Скачать Pin Up kz: все доступные разделы и сервисы для пользователей

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology