हेटौंडा । सामाजिक सञ्जाल टिकटक मार्फत नकारात्मक र भ्रामक सामग्री प्रसारण गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँको कागेश्वरी मनोहरा–२ निवासी २४ वर्षीय सजन श्रेष्ठ र भारतको सितामढी घर भई हाल सिनामंगल बस्ने १९ वर्षीय अफ्ताव अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
ट्राफिक प्रहरीले असोज ३० गते लापरवाहीपूर्वक मोटरसाइकल (बागमती प्रदेश ०२-०५१ प ६३५४) चलाएको अभियोगमा सजन श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।
सो क्रममा उनले मोटरसाइकलको ह्यान्डल ‘क्रस फायर’ को लगाएको पाइएको थियो। प्रहरीले अनुसन्धानका क्रममा श्रेष्ठले टिकटक आइडी एसएस भ्लगअ मार्फत समाजमा नकारात्मक प्रभाव पर्ने किसिमका भिडियो पोष्ट गरेको र ती भिडियो निर्माणमा अन्सारी पनि संलग्न रहेको पत्ता लगाएको हो।
त्यसपछि प्रहरीले कार्तिक ३ गते दिउँसो साढे ३ बजे श्रेष्ठलाई कागेश्वरी मनोहरा–२ तिर्थचोकबाट र अन्सारीलाई सिनामंगलबाट नियन्त्रणमा लिएको हो। उनीहरूबाट Samsung Galaxy A14 5G मोबाइल फोन र GoPro Hero 09 Black क्यामेरा पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छ्न् ।














प्रतिक्रिया दिनुहोस्