हेटौंडा । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रोलोपा) मकवानपुर क्षेत्र नम्बर–१ बाट तेज प्रसाद उप्रेती (रमेश) र मकवानपुर क्षेत्र नम्बर–२ बाट सन्तोष विष्टले उम्मेद्वारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्र-१ बाट उप्रेती र क्षेत्र–२ बाट विष्टले मंगलबार उम्मेद्वारी दर्ता गराएका हुन् ।

राजेन्द्र सिम्खडाको प्रस्तावकमा र केदार अधिकारीको समर्थनमा उनले उम्मेद्वारी दर्ता गराएको बताएका छन् । क्षेत्र–२ बाट उम्मेद्वारी दर्ता गराएका विष्टको प्रस्तावकमा विष्णुहरि ढकाल र समर्थकमा प्रलोक पाण्डे रहेका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी