बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू चुनाव केन्द्रित भएका छन् । राजनितिदल तर्फबाट र स्वतन्त्र बागी उम्मेदवारी समेत दिएका छन् ।
यसैविच उम्मेदवारहरु मतदाताको घरघरमा पुगेर निर्वाचित भएमा आफुले गर्ने कार्यको प्रतिवद्धता गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारहरु मैदानमा छन् ।
मेयर र उपमेयरको उम्मेदवारहरु को को छन् ?
मेयर पदका उम्मेदवारहरू
मीना कुमारी लामा नेकपा एकीकृत समाजवादी, दिपक बहादुर सिंह राष्ट्रिय प्रजातन्त्र पार्टी, अनन्त प्रसाद पौडेल नेकपा एमाले, संजिव खराल लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल , रमेश मान सिंह नेपाल मजदुर किसान पार्टी,सृजना बर्तौला मौलिक जरोकिलो पार्टी, उत्तर कुमार दुलाल , केशव घर्ती नेकपा माले, अयोध्या कुमार भट्टराई, नेकपा समाजवादी रोमनाथ भूर्तेल ,सचेत नेपाली पार्टी राम प्रसाद गौतम, उन्नत लोकतन्त्र पार्टी, र स्वतन्त्रमा लिला कुमारी आचार्य बबिता, देवराज पौडेल, संजय खरेल, प्रदिप ढकाल , विश्वनाथ पाण्डे कविराज पाठक रहेका छन् ।
उपमेयर पदका उम्मेदवारहरू
नेपाली कांग्रेस राजेश बानिया नेकपा एमाले सुमित्रा काफ्ले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल नानी मैया श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी इन्दीरा न्यौपाने,नेकपा माले अम्बीका लामिछाने, मौलिक जरोकिलो पार्टी सुनिल घिमिरे, जनजागरण पार्टी नेपाल शिव कुमारी पाठक, स्वतन्त्रमा सुरज पाण्डे र ध्रुव प्रसाद दाहाल छन् ।
हेटौंडा उपमहानगरपालिकामा मतदाताको संख्या कुल मतदाता १०४,४७३ छन् भने पुरुष मतदाता ५०,७२५ महिला मतदाता ५३,७४५ अन्य ३ कुल मतदाता रहेका छन् ।

















प्रतिक्रिया दिनुहोस्