स्थानिय तह निर्वाचान नजिकिँदै गर्दा बिभिन्न पदका उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिइरहेका छन् ।
निर्वाचित भएपछि जनताका समस्या समाधान र सो स्थानको विकासलाई तिब्रता दिएर काम गर्ने प्रतिवद्धता सहित बिभिन्न दल तर्फका उम्मेवारहरु जनताको घर घरमा पुगेका छन् ।

यसैक्रममा मकवानपुर मनहरी गाँउपालिकाको अध्यक्ष पद लागि अध्यक्ष पदकालागि उम्मेदवारी दिएका नेकपा एमाले तर्फका उम्मेदवार एकराज उप्रेती पनि घरदैलो अभियानमा छन् ।

२०७४ सालमा अध्यक्ष पदमा निवाचित भएर काम गरेको अनुभव जनताको चाहानामा पुनः थपकाम गरि बिकासको मुहारले मनहरीलाई समृद्ध बनाउछु भन्दै पालिकाको घरमा पुगेका हुन् ।

स्थानीय तह निर्वाचनमा विजय भएमा बनकरिया बस्तिका बालबालिकाहरुलाई बर्षाको समयमा पनि शिक्षा सहजै प्राप्तगर्न इसिडिका कक्षा गाउँमै सञ्चालन गर्ने पर्यटन विकासका लागि बनकरिया टोल होमस्टेलाई निरन्तरता दिई बनकरिया बासीलाई आर्थिक उपार्जनको बाटो बनाउने उल्लेख गरे । पालिकाका बिभिन्न वडामा पुगेर पालिकाको सबै बस्तिालाई जोगाउन तटबन्धन लगायतको कार्यलाई प्राथमिकतामा राखेर काम गरिने र बनकरियावासीको परम्परागत सिपलाई आयआर्जनमुखी बनाउन आर्थिक समृद्धिका लागि बिभिन्न योजना ल्याउने प्रतिवद्धता जनाए ।

जनताका समस्या समाधान र पालिकामा विकासलाई तिब्रता दिइएका कारण यसपटक पनि जनताले आफुहरुलाई विश्वास गर्नेमा विश्वस्त रहेको उप्रेतीले बताएका हुन् ।

जनताका समस्या समाधान र पालिकामा विकासलाई तिब्रता दिइएका कारण यसपटक पनि जनताले आफुहरुलाई विश्वास गर्नेमा विश्वस्त रहेको उप्रेतीले बताएका हुन् ।

बिभिन्न वडाका हरेक घरघरमा पुगेर पालिकाको समस्या र पालिकाबासीको लागि बिभिन्न स्थानमा पुल निर्माण गरि आवतजावतमा सहजबनाउने कामहरु पनि गरिएको बताए ।

उप्रेती भन्छन् “५ वर्ष जनतालाई चित्त बुझ्ने  काम गरेका छौँ ।‘गाउँलेहरुको समस्या समाधानकालागि पालिकाबाट हुनेकाम होस् या कहि गएर पारित गराउनुपर्ने होस् हामीले काम गर्नलागि कुनैपनि समयमा पछि परेनौँ । बिश्वभरी फैलिएको कोभिडको समयमा हरेक नागरिको सुरक्षाका लागि सचेतना गराउने स्वास्थ्य उपचारका लागि क्वारिन टाइन र आसोलेसनको व्यवस्था गराउने पुरै प्रबन्ध पालिकामा मिलाई बिभिन्न स्थानमा पुगेर स्वास्थ्य अवस्था बुझि उपचारको व्यवस्था पनि गर्यौ । काम गर्दागर्दै केही अधुरा काम छन् । पर्यटनमा पणित गर्ने योजना अघि सारिएको छ । रिसोर्ट, स्विमिङ पुल, भ्यू टावर, होमस्टे, पार्क, रंगशाला, एकीकृत बस्ती, मन्दिर, चरा अवलोकन लगायतका क्षेत्रमा बिभिन्न  काम सुरु भएको छ । केही पूर्बाधार निर्माण सुरु भइसके पनि सीमित रहेका कार्य तत्काल सफल बनाउने योजना छ । जनताको भरोसा जितेको पार्टी नेकपा एमाले जनताकै काम गर्ने पार्टीको पक्षबाट म उम्मेदवार हुँ । मैले गरेको कामले अधूरा काम पुरा गर, भन्दै पालिकाबासीले आर्शीवाद दिनुभएको छ । म लगायत मेरो समुहको पक्षमा जनता हुनुहुन्छ । जनताले जिताउने आधारका काम गरेका छौं । फेरीपनि काम गर्न पाउछौं । मलाई विश्वास छ ।”

अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङ नेकपा एमालेबाट मनहरी गाउँपालिकाको वडा नम्बर १ मा भीमसेन अधिकारी, २ मा निमा लामा, ३ मा मानबहादुर बल, ४ मा रविन ढकाल, ५ मा किशोर बर्तौला, ६ मा गोपी लामा, ७ मा नारायण सिं घिसिङ, ८ मा पुस्कर सुवेदी र ९ मा लक्ष्मण उप्रेती वडाअध्यक्षको उम्मेदवार रहेका छन् ।