बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि बिभिन्न राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिदै गईरहेका छन् ।
राजनितिमा रहेका व्यक्तीहरुले पदका लागिपनि आफ्ना योजना सुनाउदै उम्मेदवारका लागि आफूनै योग्य भएको भन्दै पदको दावी समेत गरिरहेका छन् ।
पार्टीको तर्फबाट पनि उम्मेदवारको नाम सिफरिस समेत गरिरहेका छन् ।
यसैविच स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिको मेयर पदकालागि नेपाली कांग्रसको तर्फबाट एक महिला र दुई पुरुष सहित ३ जनाको नाम सिफारिस गरिएको छ ।
कांग्रेस हेटौंडानगरको कार्य आइतबार बसेको समितिको बैठकको निर्णयमा कांग्रेस मकवानपुर क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई मेयरका लागिआनन्दराम पराजुली,उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो ।

उपमेयरका लागि ३ जना महिलाको नाम सिफारिस गरिएको छ ।
उपमेयरमा अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम सिफारिस गरिएको हो । नगर कार्य समितिले मेयर र उपमेयरको लागि नाम सिफारिस गरिएको छ ।
नगर कार्य समितिको बैठकले हेटौंडा उपमहानगरको प्रमुखको नेतृत्व कांग्रेसले पाउनुपर्ने निर्णय समेत गरेको छ


















प्रतिक्रिया दिनुहोस्