मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि हेटौंडा उपमहानगरको समुहले हात पारेको छ ।

गएको आइतबारबाट सुरु भएको १५ औं संस्करणको रनिङ्ग शिल्ड उपमहानगरको समुहले उपाधि हात पारे संगै मंगलबार रनिङ्ग शिल्ड सम्पन्न भएको हो ।

प्रतियोगिता अन्तर्गत भलिबल, एथ्लेटिक्स, कराँते, तेक्वान्दो कबड्डी लगायतका खेलहरु गरिएको थियो ।

मकवानपुरको ९ वटा पालिकाबाट विभिन्न विधाका करिब ६ सय जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामाहेटौंडाले १५ स्वर्ण, १० रजत र ९ कांस्य पदक प्राप्त गर्न सफल भएको छ ।

त्यस्तैगरि १३ स्वर्ण, ५ रजत र १० कास्य पदक प्राप्त गर्दै बकैया गाउँपालिका द्वितीय ११ स्वर्ण, ९ रजत र ६ कांस्य पदक प्राप्त गरेर थाहा नगर तृतीय भएको छ ।

६ स्वर्ण, १७ रजत र १७ कास्य पदक बागमती गाउँपालिकाको टिमले प्राप्त गरेको हो।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तानको सभाध्यक्षता हेटौंडा उपमहानगर मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः स्वर्ण, रजत र कांस्य पदकसहित प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य संगीत श्रेष्ठ, जिल्ला खेलकुद कार्यालय प्रमुख माधव कोइराला, सदस्य मदन उप्रेती, बागमती गाउँपालिका, बकैया गाउँपालिका खेलकुद अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।