हेटौंडा – नेपाली चलचित्र प्रकाश’बाट राष्ट्रिय अवार्ड विजेता निर्देशक दिनेश राउतको निर्देशन रहेको नेपाली नेपाली चलचित्र ‘पूजार सार्की’ आगामी जेठ १० गतेबाट प्रदर्शन हुने भएको छ।
काठमाडौंमा एक कार्यक्रमका बीच मंगलबार करिब साढे ४ मिनेटको ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा समेत चलेको छ ।

चलचित्रमा निकै चर्चित अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह पहिलोपटक एकसाथ काम गरेको कारण पनि ‘पूजार सार्की’ले बक्स अफिसमा सुखद व्यापार गर्ने निर्माण पक्षको भनाइ छ । ट्रेलरमा देखिए अनुसार २०४६ सालको सेरोफेरोमा रहेर जातीय विभेदविरुद्धको कथालाई उठाएको र अन्तरजातीय प्रेमले निम्त्याएको घटनानालाई देखाउन खोजिएको आकलन गर्न सकिन्छ । अभिनेता आर्यन (पूजार) को भूमिकामा छन् भने कथित तल्लो जात भनिएकी अञ्जना बराइलीसँगको प्रेम त्यस्तै कथित तल्लो जातका मैतबहादुर अर्थात् कलाकार प्रदीप र गुरुङ युवती परीक्षा लिम्बूको प्रेममा भएको हो भन्ने अनुमान गर्न सकिन्छ ।

त्यो संगै उनीहरुको सम्बन्धमा पर्ने कठिानाई अनि अभिनेता पल जात व्यवस्थाविरुद्ध विद्रोह गर्नुपर्छ भन्ने पक्षमा देखिएको मान्न सकिन्छ । चलचित्रमा चर्चित ३ अभिनेता एकसाथ छन भने साथमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

विकास सुवेदीको लेखन, सुवास भुसालले निर्माण गरेका हुन् भने भुसालले नै संगीत भरेका छन् । राजेश श्रेष्ठको डिओपी भरत रेग्मीले सम्पादन गरेका हुन् ।

 

 

हेटौंडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा शानदार पर्दमा हेर्न सकिने  छ । संपर्क नम्बर 057-520949

राजेश गरिब
थप जानकारी