नेकपा माओवादी केन्द्र बगमती प्रदेश उपाध्यक्ष तथा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी “छिन्तु” ले रगतसंग साटेर ल्याएको व्यवस्थाको अन्त्य गर्नका लागि केही अतिबादीहरु भृकुटी मण्डपतर्फ गइरहेको र त्यसतर्फ जाँदैमा राजा नफर्कने बताएका छन् ।
मंगलबार २९ औं जनयुद्ध दिवसमा अखिल क्रान्तिकारी मकवानपुर, योङ्ग कम्यूनिष्ट लिग नेपाल, प्रेस सेन्टर मकवानपुर, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र मकवानपुरद्धारा हेटौंडाको बुद्धचोकमा आयोजित दीप प्रज्जवलन कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संघिय लोकतान्त्रिक गणतन्त्रलाई अब कसैले हल्लाउन नसक्ने तर्क दिएका छन् ।
छिन्तु भन्छन् “हाम्रो अन्तिम लक्ष्य भनेको साम्यवाद हो । अब यो जन दिवस मनाउदै गर्दा बिभिन्न चिरामा बिभक्त भएर होइन अब गणतन्त्रवादी एक भएर अघि बढ्नु पर्छ । एकता नभइ सुखै छैन ।”

















प्रतिक्रिया दिनुहोस्