नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका महासचिब देब गुरुङले कम्युनिष्ट पार्टीहरु एकता भएमा मात्र देशको समृद्धी सुनिश्चितता गर्न सकिने बताएका छन्।
मकवानपुरको झुरझुरेमा पुर्ब पि.एल.ए. मकवानपुरद्धारा सोमबारआयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सोही क्रममा नेता गुरुङले अब तत्कालै माओबादीबाट टुक्रिएका दलहरुको समेत एकता हुने बताउदै सबै कम्युनिष्ट दलहरु एकै झण्डामा उभिनुपर्ने अबस्था रहेको उल्लेख गरे ।
युद्धकालको समयमा देखिएका परिवर्तनका सपना पुरा गर्न अझै बाँकी रहेको र “ शान्ती सम्झौता पछीको १८ बर्षको अबधीमा व्यवस्था परिवर्तन गर्न सकेपनि चाहे जस्तो गरि अवस्था परिवर्तन गर्न बाँकी रहेको बताए ।
शान्ति सम्झौता अझ टुंगोमा नपुगेका कारण समस्या आइरहेको र झुरझुरेमा भएको अन्तिम युद्धको स्मरण गर्दै स्थललाई युद्ध पार्क बनाएकोमा बागमती गाउँपालिकालाई धन्यवाद दिंदै पार्कको व्वस्थापनमा ध्यान दिएर संग्रहालय बनाउनु पर्ने बताए ।
पुर्व लडाकुहरुको उपस्थिती रहेकोकार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले रगतसंग सांटेर ल्याएको व्यवस्था जनताको लागि भएको र अवस्था बदल्न सरकार प्रयासरत रहेको बताइन् ।
उनले युवा, महिला, घाईते लगाएतको लागि बागमती प्रदेश सरकारले कार्यक्रम संचालन गरिरहेको समेत जानकारी गराइन् ।
बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामीले शहिदको रगतले लेखिएको ईतिहास जोगाउन र जनताको लागि ल्याइएको परिवर्तनको महशुस गराउन बाँकी रहेका कामहरु गरिने बताए ।
युुद्ध भैरहेको समयमा जन्मिएका युद्धबिर बैजुको जन्मदिन समेत मनाइएको थियो भने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले परिवर्तनको लागि गरिएको बलिदानीको ईतिहास कायम राख्न काम गरिरहेको बताए ।
झुरझुरेको युद्ध क्षेत्रलाई पार्कको रुपमा विकास गरिने बताए ।

















प्रतिक्रिया दिनुहोस्