बागमती प्रदेशको राजधानी हेटौंडामा एष्ट्रोनोभा फाउण्डेशन नेपालको विदेश प्रतिनिधिको रुपमा नाइजेरियका नागरिक बाबाटुन्डे आयोला एष्ट्रोनोभाको विदेश प्रतिनिधिमा नियुक्त भएका छन् ।

हेटौंडामा रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्यूचर टेक्नोलोजी र एष्ट्रोनोमीलगायत विज्ञान प्रविधिसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको फाउण्डेशनमा आयोला नियुक्त भएका हुन् ।

रिपोटर्स क्लब नेपाल मकवानपुर शाखाको संयोजनमा बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले आयोलालाई नियुक्ती प्रदान गरेका हुन् ।

फाउण्डेशनले विद्यार्थीहरुलाई उद्यमशीलताको विकासका लागि काम गरिरहेको फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले बताए ।

उनले पुष ३० बाट ३ महिनासम्म सिभिल इन्जिनियरिङ विषय अध्ययन गरिरहेका १५ जना विद्यार्थीलाई अटोकाड तालिम र मेकानिकल इन्जिनियरिङ पढ्ने १५ जनालाई सोलिडवर्क तालिम सञ्चालन गरिने जानकारी दिए ।

सोही क्रममा नियुक्ती ग्रहण गर्दै बाबाटुन्डे आयोलाले नेपालमा रहेर बालबालिकाको क्षेत्रमा अन्तराष्ट्रिय राजदुत प्रतिनिधिका रुपमा नियुक्त गरिएकोमा धन्यवाद व्यक्त गरे।

उनले बालबालिकाको मनस्थिति बुझेर बालबालिकाको क्षमता र चाहान अनुसार शिक्षालाई अघि बढाउन भरपुर प्रयास रहने बताए ।

अहिलेको अवस्थामा उद्यमशिलता, कृषि, बिज्ञान र प्रविधि सबैमा जोड दिदै बिद्यार्थीहरुलाई उत्साहित गर्ने ढङ्गबाट शिक्षाको क्षेत्रमा लिएको जिम्मेवारीमा नेपाल र नेपालीलाई अन्तराष्ट्रिय स्तरसम्म परिचित बनाउने गरि काम गर्ने आयोलालाले बताए ।

कार्यक्रममा रिपोटर्स क्लब मकवानपुरका अध्यक्ष बलराम पुडासैनी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।