बागमती प्रदेशको राजधानी हेटौंडामा मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा गएको पुष ५ गते देखि  वृहत् खेलकुद तथा व्यापार महोत्सव चलिरहेको छ ।

हेटौंडा–१० भुटनदेबी मन्दिर जाने बाटोको चौरमा जारी महोत्सवमै  मकवानपुर उसु संघको आयोजनामा प्रथम अन्तर प्रदेश स्तरिय राष्ट्रिय उसु प्रतियोगिताको समेत आयोजना भएको छ ।

संघका अध्यक्ष ज्योतिरत्न बज्रचार्यको नेतृत्वमा बुधाबार देखि २ दिने उक्त प्रतियोगिताको आयोजना भएको हो ।