file photo

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५, स्थित क्याम्पा रंगशालामा जारी स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको बिहिबार २ खेल सम्पन्न भएको छ ।

हेटौंडा स्पोर्टस एफसी मुण्डियाल क्लबद्धारा आयोजित बिहिबारको पहिलो खेलमा रियल स्टार क्लबले टाइबेकरमा ३–२ गोलअन्तरले विजयी भएको छ ।

प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा सहिद स्मृति क्लब बागमती गाउँपालिका ४ – ० गोल अन्तरले विजयी भएको छ ।

प्रतियोगिताको पहिलो खेलमा रियल स्टार क्लब र रियल स्टार क्लब कमाने फुटबल एकेडेमी विचको भिडन्तमा टाइबेकरमा ३–२ गोलअन्तरले रियल स्टार विजय हुन सफल भएको हो ।

रोमाञ्चकारी खेलमा दुबैपक्षबाट खेलको निर्धारित समयमा १–१ गोल भई बराबरीमा खेल सकिएको थियो । नतिजाको लागि खेल टाइबेकरमा धकेलीएपछि कमानेले हार बेहोर्नु परेको हो।

रियल स्टारका खेलाडी साजन थिङले पहिलो हाफको १३ औं मिनेटमा १ गोल गरेका थिए ।

दोस्रो हाफको ५४औं मिनेटमा कामाने एकेडेमीबाट खेलाडी समन लामाले पेनाल्टी सुट आउटको अवसर प्रयोग गर्दै १ फर्काएका थिए ।
खेलमा रियल स्टारका गोल रक्षक आयुष गोले म्यान अफ द म्याच घोषित भएका छन ।

त्यस्तैगरि बिहिबार भएको दोस्रो खेलमा आयोजक समुह एफसी मुण्डियाल र सहिद स्मृति क्लब बागमती गाउँपालिका विचको महा भिडन्तमा आयोजक ४ –  ० गोल अन्तरले बाहिरीएको हो ।

बागमतीका खेलाडी आयुष नेगीले लगातार गोल गरेर आयोजक मुण्डियाललाई ४–० गोलअन्तरले पराजित गराएका हुन् ।

बागमतीका खेलाडी नेगीले सुरु भएको केही बेरमै गोल गर्न सुरु गरे । पहिलो हाफ मै ३ गोल गरेर ह्याट्रिक पूरा गरेका थिए भने दोस्रो हाफको अन्तिममा १ गोल गर्दै ४ गोल गर्न सफल भए ।

खेलको म्यान अफ द म्याच नेगी नै घोषित भएका हुन् ।

१४ टिमको सहभागिता रहेको प्रतियोगितमा विजेतालाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र उपविजेता टिमलाई नगद ५५ हजार रुपैयाँ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सुदिप सिंह ठकुरीले बताए ।

शुक्रबार हुने पहिलो खेलमा हेटौंडा फुटबल एकडेमी र निलगंगा युवा क्लब र दोस्रो खेलमा बिरगंज स्पोर्टस् एकडेमी र नव जागृति युवा क्लब सिमरा विच भिडन्त हुनेछ।