हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५, स्थित क्याम्पा रंगशालामा जारी स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको बुधाबार २ खेल सम्पन्न भएको छ ।

हेटौंडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा जारी फुटबल प्रतियोगिताको बुधाबार भएको पहिलो खेलमा न्यु डाँफे युथ क्लबे दोस्रो खेलमा रिगल हेटौँडा रिसोर्ट विजयी भएको हो।

बुधाबार भएको पहिलो खेलमा पदमपोखरी फुटबल एकेडेमी र न्यु डाँफे युथ क्लब विच भएको खेलमा १–० गोल अन्तरले न्यु डाँफे विजयी हुन सफल भएको छ ।

चलिरहेको रोमाञ्चक पहिलो खेलको पहिलो हाफको १४ औँ मिनेटमा न्यु डाँफेका खेलाडी सुरज स्याङ्तनले गोल गरे भने सोही गोलले नै विजयी बनाएको हो ।

खेलको म्यान अफ द म्याच न्यु डाँफेका शेख असरत घोषित भए ।

त्यस्तै गरि दोस्रो खेलमा रिगल हेटौंडा रिर्सोट एन्फा मकवानपुर र थाहा नगरपालिका मकवानपुर बीच भएको भिडन्तमा ५–१ गोल अन्तरले रिगल विजयी भएको हो ।

खेलको पहिलो हाफको १२ औँ मिनेटमा रिगलको खेलाडी अभिनाष स्याङ्तनले पहिलो गोल गरे ।

पहिलो हाफकै ३६ औँ मिनेटमा अर्का खेलाडी मोहित गुरुङ्ले र ३८ औँ मिनेटमा रोशन दोङ्गले १ गोल गरे ।
दोस्रो हाफको ४६ औँ मिनेटमा स्याङ्तानले र ७० औँ मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए ।

थाहाको तर्फबाट खेलाडी वेनिश अमात्यले एक गोल गरेपनि हार बेहोर्नु पर्यो ।

रिगलका खेलाडी अविनाश स्याङ्तान खेलको म्यान अफ द म्याच घोषित भए ।

१४ टिमको सहभागिता रहेको प्रतियोगितमा विजेतालाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र उपविजेता टिमलाई नगद ५५ हजार रुपैयाँ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सुदिप सिंह ठकुरीले बताए ।

संयोजक ठकुरीले बताए अनुसार जारी खेलको बिहिबार हुने पहिलो खेलमा कमाने फुटबल एकेडेमी र रियल स्टार क्लब विच दोस्रो खेलमा आयोजक समुह एफसी मुण्डियाल र सहिद स्मृति क्लब बागमती गाउँपालिका बीच भिडन्त हुने छ ।