मकवानपुर जिल्ला खेलकुद विकास समिति हेटौंडा र शान्ति नेपाल संंस्था काठमाडौँको संयुक्त आयोजनामा आगामी पौष ५ गतेदेखि १७ गतेसम्म वृहत खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाबाट अनुमति लिएर आयोजना गर्न लागेको वृहत खेलकुद तथा व्यापार महोत्सवमा जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलाडीहरुको प्रस्तुती रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा वृहत खेलकुद तथा व्यापार महोत्सव२०८० कार्यक्रम संयोजक वेष खड्गीले बताए ।

उनले बताए अनुसार खेलकुदका विभिन्न १३ वटा विधामा राष्ट्रिय, प्रदेशस्तरीय तथा जिल्लास्तरीय प्रतियोगितासहित बृहत खेलकुद तथा ब्यापार महोत्सव २०८० सञ्चालन गर्न लागेको हो ।
जुवाजन्य क्रियाकलाप र मादक पदार्थ बिक्रीबितरण तथा सेवनमा समेत निषेध सहितको महोत्सवबाट हुने आम्दानीलाई सम्झौता अनुसार समितिमा राखेर खेलकुद क्षेत्रमा लगानी गरिने बताउदैै बिविध कार्यक्रमका बारेमा अध्यक्ष खड्गीले जानकारी दिए ।

आयोजना हुने खेल प्रतियोगितामा
१) उसु (राष्ट्रिय महिला/पुरुष)
२) भलिबल (राष्ट्रिय महिला)
३) कबड्डी (प्रदेश स्तरीय आमन्त्रित-महिला/पुरुष) ४) कराँते (जिल्लास्तरीय महिला/पुरुष)
५) फुलकन्ट्याक्ट कराँते (जिल्लास्तरीय महिला/पुरुष)
६) एथ्लेटिक्स (जिल्ला विद्यालय स्तरीय)
७) आर्चरी (खेल प्रदर्शन)
८) रेस्लिङ (आमन्त्रित राष्ट्रिय)
९) कुस्ती (आमन्त्रित अन्तर्राष्ट्रिय प्रदर्शन) १०) व्याडमिन्टन (खुला आमन्त्रित)

११) आईटीएफ तेक्वान्दो (प्रदेश स्तरीय) (१५)
१२) हक्की (प्रदेश स्तरीय). तेक्वान्दो एजिल्ला स्तरीय)
१३) फुटबल (७ ए साईड – महिला प्रदेशस्तरीय)
१४) आर्चरी (खेल प्रदर्शन रहेको बताएका हुन् ।

आयोजित वृहत महोत्सवले खेलाडीहरुको खेल प्रस्तुतीले जिल्लामा खेलकुदको फरक पहिचान बन्ने विश्वास रहेको बताए ।
आवश्यक बजेटको अभावका कारण खेलाडीहरु प्रतियोगितामा सहभागीता हुने अवसरबाट बञ्चितको अवस्था, प्रतियोगिताहरु आयोजना गर्नकै लागी खेल क्षेत्रमा हुने विविध आर्थिक समस्यालाई थोरै भएपनि हल गर्ने उद्देश्यमा महोत्सव आयोजना गरिन लागेको अध्यक्ष खड्गी बताउछन् ।
त्यस्तैगरी – अन्य कार्यक्रम तथा आकर्षणहरु:
१) कृषि, पर्यटन, हस्तकला, अटोमोबाइल, खेदकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामूलक, खाना, अन्य विविध ब्यावसायिक स्टलहरु रहने ।
२) एसियाकै उत्कृष्ट बाल उधान (जासमा पिङ, नाउ, ड्राईगन, ट्रेन, मारुति सर्कस, रेन्जर, कस, ब्रेक डन्स, मिकी माउस, डुङगा तथा अन्य वालबालिकाको खेलौना ।
३) राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हास्यव्यङ्ग्य, नृत्य, गायन तथा जादुको बेजोड प्रस्तुति ४) खुला नृत्य प्रतियोगिता ।
५) लाइभ दोहोरी कार्यक्रम रहेको बताए |