मकवानपुरको हेटौंडा उपमहानगर–१७ मा प नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
खेलकुद विकास समितिको आयोजनामा यही आउँदो कार्तिक २० गतेदेखि प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा वडा नम्बर १७ का स्थायीवासी खेलाडीले सहभागिता जनाउन पाउने उल्लेख गरिएको वडा सदस्य तथा समितीका संयोजक कृष्ण बहादुर अधिकारीले जानकारी दिए ।

उनले बताउ अनुसार प्रतियोगिताको उपाधि विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले २५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको बताए।