जिल्ला प्रहरी कार्यलय मकवानपुरको प्रहरी टोलीले नगद रकम र लागूऔषध सहित ५जनालाई पक्राउ गरेको छ ।
मकवानपुर प्रहरी प्रमुख एसपी सिताराम रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलेले नगद रकम ८ लाख रकम लागूऔषध सहित आइताबार राती ५ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीको प्रहरी टोलीले मनहरी गाउँपालिका ६ स्थित नयाँबस्ती प्रतापपुरबाट कैलाश गाउँपालिका ८ घर भई मनहरी ६ बस्दै आएका विकास भन्ने कुमार मुक्तान, कैलाश ८ बस्ने रामबहादुर स्याङ्बो, मनहरी ४ बस्ने रामचन्द्र गोले र दल बहादुर मोक्तान, पर्सा ठोरी गाउँपालिका ८ बस्ने जीत बहादुर चापागाईलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुखएसपी सिताराम रिजालले बताए।

प्रहरी प्रम्ख रिजालले बताए अनुसार प्रतापपुरबाट  पुर्वपश्चिम  लोकमार्ग तर्फ आउदै गरेको प्रदेश ३-०३-००१ प ४५४१ नं. को मोटरसाईकलको पिछा गर्दै जाँदा  भारी बोकी पैदल आएका अन्य ४ जना लाई चेकजाँच गरेको हो ।

यही क्रममा उनिहरुको साथबाट लुकाई ल्याएको ६०२ बोतल कोडिन, २५ ग्राम लागूऔषध चरेश जस्तो देखिने पदार्थ र नेपाली नगद ८ लाख सहित पक्राउ  गरेको हो।

कैलाशका कुमार मुक्तान २०७६ फागुनमा पनि लागुऔषध सहित पक्राउ गरी मुद्दा समेत चलेको हो ।
उनिहरुको विषयमा थप अनुसन्धान भइरहेको बताए ।