मकवानपुरगढी गाउँपालिकाको तीन वटा वडा जोड्ने पक्की पुल निर्माण सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्बर–६ डुम्रेकुना र वडा नम्बर–२ र ३ सोल्टीमर जोड्नका लागि १४ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न पुलको उद्घान भने भइसकेको छैन ।।
संघीय सरकारको १४ करोड रुपैयाँ लागतमा पुल निर्माण भएपछि आवतजावतमा पाएको सहजताले बिभिन्न व्यक्ती, स्थानियहरु देखि जलपा मा.वि.मा अध्यनरत विद्यार्थीहरुपनि अतिनै खुसी भएका छन् ।
हरेक समयमा खोला तर्नुपर्ने समस्या र भोग्दै आएको पिडाको अन्त्य भएको भन्दै खुसीको अनुभव सुनाएका छन् ।
पुल निर्माण भएपछी शहिद बासुदेव मार्ग र कान्तिलोकपथ सडक जोड्नका लागि भएको र खोलाको जोखिममा रहेका बस्तीहरुको पनि संरक्षणमा टेवा पुगेको अध्यक्ष दोर्जे लामा स्याङतानले बताएका छन् ।
संघीय सरकारको सडक बिभाग अन्तरगतको पुल महासाखाले २०७८ साल असोजमा लगाएको ठेक्काबाट पुल निर्माणको काम सकिएको हो।














प्रतिक्रिया दिनुहोस्