हिन्दुहरुले मनाउने गरेको अर्को महान पर्व छठ पर्व सोमबार बिहान उदाउदो सुर्यलाई अर्घ दिदै सम्पन्न भएको छ ।

तिहारको भाइटीका सकिएसंगै नेपालको तराई क्षेत्रमा मनाइने छठ पर्वलाई भारत र नेपालका तराई लगायत बिभिन्न धुमधाम संग मनाएका हुन् ।

विशेष गरि नेपालमा पनि तराईका जिल्लाहरुमा सीमित छठ पर्व अहिले नेपालका विभिन्न जात जातिहरुले समेत मनाउन थालेपछि साँस्कृतिक पर्वका रुपमा विकसित भएको छ।

कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ भने व्रतालुहरुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्न नहुने धार्मिक मान्यता रहेको छ ।सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण, मानव देखि सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने पर्वको रुपमा मनाइने ब्रतालुहरु बताउछन् ।

यसैक्रममा बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको राप्ती तटमा पनि यसवर्षको छठ पर्व धुमधामले भव्य र सभ्य रूपमा मनाइएका छन् ।

राप्ती तटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएका ब्रतालुहरु रातभर जाग्राम बिहान उदाएको सूर्यलाई अर्घ दिएर सोमबार बिहान पुजा सम्पन्न गरेका हुन् ।

संयुक्त मधेसी सेवा समाज नेपाल हेटौंडा नेपालको आयोजनामा पुजा समारोह बनाई  राप्ती तटलाई निकै सजिसजाउ गरेर स्तरिय बनाइएको थियो ।
बिगतमा कोभिडको महामारीका कारण स्थल बजाउन नसकेका कारण यसपाली राप्ती तटमा करिब ७० हजार ब्रतालुहरु पुजामा सहभागी भएको छठ पुजा समारोह समिति हेटौंडाका उपाध्यक्ष रवि गुप्ताले बताए ।

पुजा समारोहका अध्यक्ष सुसिल प्रसाद सेनुरिया गुड्डुले अघिल्लो वर्ष कोरोना महामारीका कारण स्थथित गएिको पुजालाई यसपालि भव्य गराउन सफल भएकोमा खुसी व्यक्त गरे ।

पुजा सफल गराउन सहयोग गर्ने बिभिन्न संघसंस्था, प्रदेश, जिल्ला, दंगा, सस्त्र, प्रहरी, हेटौंडा उपमहानगरपालिका, वडा कार्यालय, नगर प्रहरी, बिभिन्न सहयोगीहरुको साथ पाएर सफल भएको बताए ।

पूजास्थल सुरक्षित अनि भव्य र सभ्य गराउन साथ दिने र सहयोग गर्ने सबैमा धन्यवाद दिए ।