h]i7 gful/s ;Ddflgt eQmk'/sf] ;"o{ljgfos gu/kflnsf–! lj?jfl:yt rd]nL sNof0fsf/L jrt tyf C0f ;xsf/L ;+:yfsf] !& cf}+ :yfkgf lbj;sf cj;/df ;Ddflgt ePsf :yfgLo h]i7 gful/s . t:jL/ M /d]z lu/L, eQmk'/, /f;;

––
भक्तपुरको सिर्जनानगरस्थित सहारा हेरचाह केन्द्रमा आश्रय लिइरहेका ज्येष्ठ नागरिकलाई राधा माधव समिति नेपाल र यस सम्बद्ध डिभाइन युवा क्लबले रु एक लाख बराबरको खाद्य सामग्री तथा फलफूल वितरण गरेका छन् ।

आज आयोजित एक कार्यक्रमबीच केन्द्रमा आश्रय लिएका ज्येष्ठ नागरिक तथा शारीरिकरूपमा अपाङ्गता भएकाका लागि सहायतास्वरूप चामल, तेल, दाल, नुन र फलफूललगायत खाद्यान्न हस्तान्तरण गरिएको समितिका प्रेस संयोजक मुकुन्द अर्यालले बताउनुभयो ।

सो अवसरमा सहारा हेरचाह केन्द्रका कल्पना वयजूले ज्येष्ठ नागरिकका लागि सहायता प्रदान गरेकोमा राधा माधव समितिप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा राधा माधव समिति नेपालका तर्फबाट किरण ख्वजु, सहारा केन्द्रका सचिव प्रचण्ड कारन्जितलगायतको उपस्थिति रहेको अर्यालले जानकारी दिनुभयो ।
–––रासस