हेटौंडा उपमहानगरपालिका १९ ले महिलाहरुको प्रजनन् स्वास्थ्यलाई ध्यान दिन भन्दै वर्थिङ सेन्टर सूरु गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा सुत्केरी गराउनका लागि आवश्यक सामग्री व्यवूथापन गरेपछि वडा कार्यालयको आयोजनमा वर्थिङ सेन्टरको उद्घाटन गरीएको छ।
उपमहानगर भएपनि महिलाहरुको गर्भ परिक्षण सहितको सुविधाबाट बञ्चित रहँदै आएको अवस्था संगै स्वास्थ्यलाई समेत ध्यान दिँदै हेटौंडा १९ ज्यामिरे शहरी स्वास्थ्य केन्द्रमा वर्थिङ सेन्टरको सुरुवात गरीएको वडा कार्यालयले जनाएको छ ।
वर्थिङ सेन्टरको उद्घाटन गर्दै तामाङ समुदायको बाहुल्यता रहेको वडा नम्बर १९ का महिलाहरुको प्रजनन् स्वास्थ्यलाई ध्यान दिनका लागि योजन अघि सारिएको वडा कार्यालयले जनाएको हो।
वर्थिङ सेन्टरको सुरुवातसँगै निमित रुपमा गर्भपरिक्षण, सुत्केरी जाँच र प्रसुति सेवा सञ्चालन हुने शहरी स्वास्थ्य केन्द्रले जानकारी गराएको छ ।
सेन्टरको उपमहानगरपालिकाका नगर मेयर मीना कुमारी लामाले उद्घाटन गर्दै महिलाहरुमा देखिने पाठेघर र स्तन सम्बन्धी परेको समस्या लुकाउने गर्दा भविष्यमा निकै जटिल संकट पर्ने बताइन् ।
नागरिकको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै उपमहानगरले शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको र यसमा सेवा लिन र
समस्या नलुकाउन आग्रह गरिन् ।
हेटौंडा १९ का अध्यक्ष नरनाथ सुवेदीले सामान्य सेवा लिनका लागि बजार सम्म पुग्नुपर्ने अवस्था रोक्न सेवा सुरु गरीएको र बर्थिङ सेन्टरमा आएर प्रसुती सेवा लिन आग्रह गरे ।























प्रतिक्रिया दिनुहोस्