Rato Samachar
Thu, 1 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

हराउँदै ‘लुतो फाल्ने’ संस्कृति

बढ्दो आधुनिकतासँगै कुनै बेला चलनचल्तीमा रहेको ‘लुतो फाल्ने’ संस्कृति हराउँदै गएको छ । साउने सङ्क्रान्तिका दिन नेपाली हिन्दू परम्परा अनुसार मनाइने सो चलन पछिल्लो समय हराउँदै गएको हो । ‘लुतो लैजा, पिलो लैजा…..’ भन्दै अगुल्टोलाई साँझपख घरको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर फाल्ने गरेको सम्झना वालिङ ८ कि ८० वर्षीया विष्णुमाया बगालेलाई अहिले पनि ताजै छ ।“साउने सङ्क्रान्तिका दिन लुतो फाल्ने भनेपछि दिनभर साथीभाइ जम्मा भएर बनजङ्गलबाट विभिन्न झारपात तथा वनस्पतिहरु खोजेर जम्मा पारिन्थ्यो”, उहाँले भन्नुभयो, “अचेल त्यसको महत्व नै थाहा छैन, यो सँगै तिउँरी लगाउन छाडेर मेहेन्दी लगाउन थालेका छन् ।” उ बेलामा धेरैजसोको खरका छाना भएका घर हुने भएकाले अगुल्टो फाल्दा छानामा पर्न नदिन एकदम सचेत हुने गरेको पुरानो याद झलझली आइरहेको उहाँ बताउनुहुन्छ । साउने सङ्क्रान्तिमा हातमा तिउँरी लगाउन तिउँरीका बिरुवा घर वरिपरी प्रशस्तै लगाउने गरिएको वालिङ ८ कै फूलमति सुवेदीले बताउनुभयो । साउने सङ्क्रान्तिका दिन सानैमा लुतो फाल्ने र हातमा तिउँरी लगाउने गरिए पनि आजभोलि लुतो फाल्नै छाडेको र तिउँरीको सट्टामा बजारबाट मेहेन्दी किनेर लगाउन थालेका उहाँले बताउनुभयो । “वनजङ्गल तथा घर वरपर भएका विभिन्न वनस्पति तथा झारपात बटुलेर ल्याउने र साँझ सबै जम्मा भएर अगुल्टो फालेर हातमा तिउँरी लगाउने गथ्र्यौं”, उहाँले भन्नुभयो, “तिउँरीको बिरुवालाई मसिनो गरी पिसेर विभिन्न वनस्पति तथा झारपात मिलाएर कर्कलाको पातले छोपेर लगाउँथ्यौँ ।” खेतबारीमा हिलोमैलो भएर काम गर्दा छालासम्बन्धी रोग लाग्न सक्ने भएकाले लुतो फाल्ने गरिएको जानकार बताउँछन् । लुतो फाल्दा आ–आफ्नो परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्खघण्ट बजाउने, ढिँकी कुट्ने, ढोका बन्द गर्ने जस्ता चलन छ । पछिल्लो समय कहीँकतै यो परम्परा आंशिकरुपमा रहेपनि धेरैजसो ठाउँमा पछिल्लो पुस्ताले आत्मसात गर्न नसक्दा यसको पहिचान र महत्वसँगै लोप हुने अवस्थामा पुगेको छ । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology