Rato Samachar
Mon, 22 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

मापदण्डअनुसारको ढकतराजु प्रयोग नगर्नेलाई कारबाही

गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधाम धनुषाले आर्थिक वर्ष २०७८÷७९ मा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने एक हजार १३९ व्यापारीमाथि कारबाही गरेको छ । विभिन्न समयमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीतको नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गर्ने गरिएको पाइएपछि व्यापारीमाथि कारबाही गरिएको सो कार्यालयका प्रमुख रजनिश झाले जानकारी दिनुभयो । यस्तै उक्त अवधिमा विभिन्न शीर्षकमा रु ३५ लाख ९० हजार ९९५ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । बजार अनुगमनसँगै जिल्लामा डोर खटाएपछि गत आर्थिक वर्ष २०७७÷७८ को तुलनामा आव २०७८÷७९ मा करिब ४७ दशमलव २५ प्रतिशत बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख झाले बताउनुभयो । आर्थिक वर्ष २०७८÷७९ मा ६१६ व्यापारीको नापतौल तथा नाप्ने तोल्ने यन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान तथा इजाजतपत्र नवीकरण गरिएको, एक हजार ५७८ व्यापारीको नापतौल तथा नाप्ने यन्त्रको जाँच गरिएको, ५८६ पेट्रोलियम पदार्थ वितरण पम्पको जाँच गरिएको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो । त्यस्तै सो अवधिमा नापतौलसम्बन्धी उपभोक्ताको हकहित संरक्षणका लागि ११ पटकमा ५८ व्यापारिक फर्ममा एकल, आठ पटकमा ४६ व्यापारिक फर्ममा संयुक्त अनुगमन गरिएको प्रमुख झाको भनाइ छ । यसअवधिमा नौ पटक गरी विभिन्न १७ स्थानमा डोर (अनुगमन) खटाइएको समेत प्रमुख झाले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा सो कार्यालयले विभिन्न शीर्षकबाट रु २४ लाख ३८ हजार ९९५ राजस्व सङ्कलन गरेको थियो । दरबन्दीभन्दा कम जनशक्तिका बाबजुद पनि सो कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही र बागमति प्रदेशका सिन्धुली तथा रामेछापमा व्यापारीले गैरकानुनी रुपमा प्रयोग गर्ने ढक, तराजुलाई निरुत्साहित गर्न डोर (अनुगमन) गर्दै आएको कार्यालय प्रमुख झाले बताउनुभयो । कुनै पनि नापतौल गर्ने यन्त्र प्रयोग गर्न पूर्व खरिद गरेको ३५ दिनभित्र नजिकैको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिइसक्नुपर्ने कानुनी व्यवस्था छ । नापतौल दस्तुर तथा जरिवाना दस्तुर कम भएको र कानुनी कारबाही प्रक्रियासमेत झन्झटिलो भएकाले व्यापारीलाई कालोबजारी गर्न सजिलो भएको सो कार्यालयले जनाएको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

मेस्सीको ह्याट्रिकमा अलजेरिया विरुद्ध साविक विजेता अर्जेन्टिना शान्दार सुरुवात

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology