जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा पत्रकारहरुमाथि भएको दुव्र्यवहारको घटनाप्रति ध्यानाकर्षण गराइएको छ ।
बागमती प्रदेश समिति एवम् विभिन्न पत्रकार आवद्ध संघ, संगठनले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी कार्यालय परिसरभित्र पत्रकारहरुमाथि पत्रकारिता पेशामै आँच आउने गरी भएको दुव्र्यवहार सम्बन्धमा आपत्ती जनाइएको हो ।
दुईजना पत्रकारहरुमाथि भएको कुटपिटको जाहेरीका क्रममा पुगेका पत्रकारहरुमाथि केही युवाहरुको समूहले अपशब्द बोल्दै दुव्र्यवहार गरेका थिए ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति, मकवानपुर शाखा, प्रेस युनियन मकवानपुर, प्रेस सेन्टर मकवानपुर, प्रेस चौतारी मकवानपुर, क्रियाशील पत्रकार महिला मकवानपुर, आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुर, मिडिया नेपाल मकवानपुर, समाजवादी प्रेस संगठन मकवानपुरले संयुक्त रुपमा विज्ञप्ती जारी गरेको हो ।














प्रतिक्रिया दिनुहोस्