मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ५ स्थित धरान–चतरा सडकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिएको छ ।
हेटौँडाबाट फापरबाीतर्फ जाँदै गरेको ना ७ ख १३५२ नंबरको सिमेन्ट लोड गरेको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको ना २२ प ९९७७ नंबरको मोटरसाईकललाई ठक्कर दिँदा दुवै सवारीमा सबार रहेका चार जना घाइते भएका छन्।
मोटरसाईकलमा सबार दुईजना तथा ट्रकमा सबार एक गरि तीनको अवस्था भने गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाईकलमा सवार हेटौँडा –१८ का ३० वर्षीय विक्रम भोम्जन, ३५ वर्षीय हिरामाया लोप्चन र ट्रकमा सावार अन्दाजी २०–वर्षका नाम नखुलेका पुरुष गम्भिर घाईते भएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
शुक्रबार बिहान भएको दुर्घटनामा जितपुरसिमरा उपमहानगरपालिका निजगढ–९ चालक सुर्य बहादुर घिमिरे पनि घाईते भएका छन् ।
घाईतेकोहरुको हेटौँडा ११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भैरहेको प्रवक्ता कार्कीले बताए ।














प्रतिक्रिया दिनुहोस्