Rato Samachar
Sun, 21 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

भारतीय कुखुरा अवैधरुमा आयातले व्यवसायी मर्कामा

बाँकेका विभिन्न नाकाबाट भारतीय कुखुरा अवैधरुपमा आयातले यहाँका कुखुरा व्यवसायी मर्कामा परेका छन् । नेपाल—भारतको सीमा जोडिएका नाकाबाट अवैधरुपमा कुखुरा सीमा क्षेत्रबाट दिनहुँजसो प्रहरीले बरामत गर्नाका साथै त्यसमा संलग्न भएको आशङ्कामा प्रहरीले केहीलाई पक्राउसमेत गरेको थियो । बाँकेमा करिब ५०० पोल्ट्री व्यवसाय रहेको र त्यसबाट मासिक तीन लाख चल्ला उत्पादन हुँदै आएको छ । जिल्लामा करिब रु १५ करोड पोल्ट्री व्यवसायमा लगानी रहेको छ । भारतबाट अवैधरुपमा आयात भएको कुखुराका कारण पोल्ट्री व्यवसायीमा गरेको लगानी डुब्ने अवस्थामा पुगेको कुखुरा व्यवसायी सङ्घका जिल्ला अध्यक्ष ईश्वर सुवेदीले बताउनुभयो । भारतीय कुखुराका कारण नेपाली व्यवसायी मारमा परेको उल्लेख गर्दै उहाँले अवैधरुपले कुखुराको आयात नरोकिए व्यवसाय बन्द गर्ने चेतावनी दिनुभयो । ‘‘भएका कुखुराको बजार राम्रो छैन, त्यसैमा पनि अवैधरुपले भारतीय कुखुरा आयातले हामी व्यवसायीलाई ठूलो चेपुवा पारेको छ’’ उहाँले भन्नुभयो । नेपालमा पोल्ट्री व्यवसायमा रु एक खर्ब ५० अर्ब लगानी रहेको छ । यसले नेपालको कूल ग्राहस्थ उत्पादनमा चार प्रतिशत योगदान गरेको र यसबाट आठ लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रवीन पुरीले बाँकेका नाकाबाट अवैध रुपमा भित्रिने कुखुराको मासु काठमाडौँसम्म पुगेको र यसले बजारमा प्रत्यक्ष असर गरेकाले नाकामा कडाइ गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको बताउनुभयो । ‘‘हामी मासु र अण्डामा पूर्णरुपमा आत्मनिर्भर छाँै तर नाकाबाट गैरकानुनी रुपमा कुखुराको मासु आउदा हामी मारमा परेका छौँ’’ उहाँले भन्नुभयो, ‘‘भारतमा अहिले बर्डफ्लु भएको र त्यसको सङ्क्रमण यहाँ पनि फैलने भएकाले तत्काल कुखुराको अवैध आयात रोक्नु पर्छ।’’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कुखुराको अवैध आयात रोक्न सक्दो प्रयास गरिने बताउनुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

मेस्सीको ह्याट्रिकमा अलजेरिया विरुद्ध साविक विजेता अर्जेन्टिना शान्दार सुरुवात

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology